back
NMB ad

६ सय प्रतिशत हकप्रद जारी गर्दैछ इन्स्योरेन्स, बन्ने होइन त संस्थापक ?

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले बिमा समितिको निर्देशन अनुसार संस्थापक र साधारण सेयरको अनुपात मिलाउन पर्ने भएको छ । इन्स्योरेन्सको सबै सेयर साधारण मात्रै देखिएकाले संस्थापक शेयर कायम गरेपछि मात्र हकप्रद शेयर जारि गर्न पाउने भएको हो ।

कम्पनीले संस्थापक र साधारण शेयरको अनुपातको ब्यवस्था नभएका बेला केही बर्षअघि सबै संस्थापक शेयरलाई साधारण बनाएको थियो । कम्पनीमा संस्थापक शेयरधनी कोही पनि नभएको भन्दै पहिले अनुपात मिलाउन निर्देशन दिएको हो । कम्पनीलाई बीमा समितिले संस्थापक शेयर कायम गरेपछि मात्र हकप्रद निस्कासनको प्रकृया थाल्न निर्देशन दिएको छ ।

बीमा समितिले गत बैशाखमा निर्देशिका जारी गर्दै निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्ने व्यवस्था गरेपछि कम्पनीले ६०० प्रतिशत हकप्रद निष्काशन गर्ने घोषणा गरेको थियो। हकप्रद निस्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

बोर्डले कम्पनीमा संस्थापक शेयरधनी नभएको भन्दै शेयर जारि गर्न दिने र नदिने बारे बीमा समितिसँग राय माग गरेको थियो । त्यसपछि समितिले बीमा ऐन अनुसार संस्थापक र साधारण शेयरधनी छुट्टिएकाले त्यसै अनुसार शेयर जारि गर्नु पर्ने राय बुझाएको थियो । समितिको राय अनुसार बोर्डले हकप्रद शेयर निस्कासनमा रोक लगाएको छ।

कम्पनीलार्इ हाल कायम भएका शेयरधनीलार्इ कुनै मर्का नपर्ने गरी खाका तयार पारेर ल्याउन बीमा समितिले निर्देशन दिएको छ । कम्पनीले हकप्रद घोषणा गरेपछि दोस्रो बजारमा यसको भाउ उच्च भएको हुँदा ती लगानीकर्तालार्इ पनि मर्का नपर्ने गरी निर्णय गर्न निर्देशन दिएको समितिले जनाएको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ छ। कम्पनीले यसैको ६०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । अब कम्पनीले बीमा ऐन अनुसार संस्थापकतर्फ न्युनतम ५१ प्रतिशत र अधितम ७० प्रतिशतसम्म छुट्टाउनु पर्ने हुन्छ।

निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्छ। कम्पनीले घोषणा गरेको ६०० प्रतिशत नै हकप्रद शेयर दिने हो भने चुक्ता पूँजी एक अर्ब ४८ करोड रुपैयाँ पुर्याउनु पर्नेछ। यसको लागि संस्थापकतर्फ ७५ करोड ८७ लाख रुपैयाँ जुटाउनु पर्नेछ।

२०७४ माघ १९ गते प्रकाशित

वि.सं.२०७४ माघ १९ शुक्रवार १०:०० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...