back
NMB ad

पढ्नै पर्ने जानकारी, बुटबल पावरको एफपिओको बारेमा के भन्छ धितोपत्र बोर्ड ?

Kumari bank ad

काठमाडौ । धितोपत्रले बोर्डले बुटवल पावरको एफपिओ कानुन अनुसारनै भएको प्रष्ट पारेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दे बुटवल पावरलाई एफपिओ बिक्री गर्न दिनुका कानुनी र व्यवहारिक पाटोहरुको बारेमा प्रष्ट्याएको छ ।

बोर्डले लगानीकर्तालाई भ्रममा नपर्न आग्रह गर्दे नियम, विधि र प्रक्रिया संगत तरिकाले नै कम्पनीलाई एफपिओ निष्कासन गर्न दिएको विज्ञप्तिमा उल्लेख गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी नियमावली तथा निर्दे्शिकामा भएको व्यवस्थाअनुसार बुटवल पावरलाई थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्न अनुमती दिएको स्पष्ट पारेको छ ।

आईपिओ खुला नगरी बुटवल पावर कम्पनीलाई एफपिओ निष्कासन गर्न दिएको भन्दै लगानीकर्तादेखि सेयरबजारका जानकारहरुले धितोपत्र बोर्डको आलोचना गरिरहदा बोर्डले आफ्नो कामको बचाउ गर्दे बुटवल पावरको एफपिओ नियम संगत रहेको बताएको हो ।

पब्लिक कम्पनीको रुपमा रहेको उक्त कम्पनीले निजीकरण ऐन, २०५० बमोजिम नेपाल सरकारले आफ्नो नाममा कायम रहेको उक्त कम्पनीको शेयरहरुमध्ये चुक्ता पूँजीको ७५ प्रतिशत शेयर निजीकरणको प्रक्रिया मार्फत संस्थागत लगानीकर्तालाई मिति २०५९।१०।१५ मा बिक्री गरी हस्तान्तरण गरेको बोर्डको भनाई छ ।

तत्पश्चात मिति २०६०।०६।०६ मा नेपाल सरकारले थप १२ प्रतिशत शेयर सर्वसाधारण तथा कर्मचारीहरुलाई नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा केही प्रिमियम थप गरी सार्वजनिक निष्काशन गरेको देखिएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बोर्डले निष्काशन अनुमति प्रदान गर्ने तथा अन्य कार्यहरु धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गतका नियम तथा निर्देशिकाको अधिनमा रही गर्दै आइरहेको बोर्डको भनाई छ ।

२०७४ माघ १९ गते प्रकाशित

वि.सं.२०७४ माघ १९ शुक्रवार १६:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...