back
NMB ad

क-कस्ले किन्न पाउने भए कालिका पावरको ६ लाख कित्ता आइपिओ ?

Kumari bank ad

काठमाडौ । कालिका पावर कम्पनीले ६ करोड रुपैया बराबरको आइपिओ जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दाका लागि माघ २१ गते आइतबार देखि एक सय रुपैयाँ अंकित दरको ६ लाख कित्ता साधारण सेयर (आईपिओ) बिक्री खुला गरेकोे हो ।

कम्पनीले आइपिओको लागि काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटललाई संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।

६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कालिका पावरले पहिलो चरणमा आयोजना प्रभावित बासीन्दालाई ६ करोडको साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको १२ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीका अनुसार गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४र ५ तथा ६, भीमसेन गाउपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत शेयर बिक्री गर्ने छ । ती गाविसका जनताले २ लाख ४० हजार कित्ता शेयर पाउनेछन् ।

उक्त आइपिओमा छिटोमा आगामी फागुन ६ गतेसम्म आवेदन गर्न पाइनेछ । त्यसअवधि भित्र सबै सेयर बिक्री नभएमा भने फागुन २१ गतेसम्म भर्न सकिनेछ ।

गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ । उक्त आइपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि र अधिकत्तम ३ हजार कित्ता अर्थात तीन लाख रुपैयाँसम्मको आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा, साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा शाखा, आरुघाट शाखा, घ्याम्पेसाल शाखा, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ । यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन ।

कालिका पावरले गोरखा जिल्लामा ६ मेगावाटको दरौंदी ‘ए’ साना जलविद्युत आयोजना सञ्चालन गरेको छ । कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

२०७४ माघ २१ गते प्रकाशित

वि.सं.२०७४ माघ २१ आइतवार ०८:११ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...