back
NMB ad

सडक सञ्चालनसँगै खोटाङका पुराना बस्ती तथा बजार विस्थापित

Kumari bank ad

खोटाङ । सडक सञ्चालन भएसँगै खोटाङका कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन् । पुराना बजारभन्दा फरक स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएको हो ।

कुनै समय अति नै चल्तीमा रहेको खोटाङ बतासेस्थित सुनकोशी किनारमै रहेको भण्डारेघाटमा स्थापित पुरानो बजार हाल उराठलाग्दो देखिन्छ । त्यो समयको झकिझकाउ लाग्ने बजारको पसलहरु राखिएको घरभित्र हाल गाईगोठ, बाख्रा खोर, कुखुरा खोर र कतै सुँगुर राखेको देखिन्छ ।

अन्तैबाट सडक सञ्जाल जोडिएपछि कतिपय घरहरु संरक्षण नहुँदा भत्किसकेका छन् । स्थानीयवासी राजेन्द्र राईका अनुसार नून–तेलको जोहो गर्ने जिल्लावासी होस् या साहुको भारी बोक्ने भरिया सबै बास बस्नका लागि तथा एक बिसाउनी बिसाउन मात्र भए पनि सोही स्थानलाई केन्द्र बनाउने गर्दथे ।

गाईघाट हुँदै काठमाडौँ लगायतका शहर आवतजावत गर्ने यात्रु पनि भण्डारेघाटमा बसेर थकाइ मार्थे, खाजा, नास्ता खान्थे उस्तै परे बासै बस्थे । ठूलै विपत्तिमा परेर बसाइँ सरेको जस्तो लाग्ने यस स्थानका घरपरिवार हाल सडक पछ्याउँदै अलिकति माथितिर पर्ने सडक किनारमा स्थापित भएका छन् ।

महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने सो स्थानमा पसल तथा होटल व्यवसायलाई नै निरन्तरता दिइरहेको स्थानीयवासी बताउँछन् । नेपाल सरकार र स्विस सरकारको आर्थिक लगानीमा २०६७ सालदेखि निर्माण शुरु गरिएको सडक २०७० देखि नै आंशिक रुपमा सञ्चालनमा आएको थियो ।

हाल कालोपत्रको तीव्र काम भइरहेको सो सडक सञ्चालनमा आएसँगै विकासको रेखा कोरिएको छ । बतासेको भण्डारेघाट मात्र होइन जिल्लामा निर्मित सडकलगायत अन्य नयाँ संरचनाका कारण कतिपय बजार तथा बस्ती नयाँ स्थानमा सर्न थालेका छन् ।

परापूर्वकालदेखि व्यापार–व्यवसाय गर्दै आएका कतिपय परिवार अन्यत्रबाट सडक सञ्चालन भएपछि विस्थापित भएका छन् । जयरामघाट, फोक्सिङटार लगायतका कतिपय व्यवसायी अन्यत्र लगानी गर्ने क्षमता नभएका कारण अन्य पेशा अँगाल्न बाध्य भएका छन् । – रासस

२०७४ माघ २१ गते प्रकाशित

वि.सं.२०७४ माघ २१ आइतवार ०८:३८ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...