back
NMB ad

उन्नतीको आईपिओ कहिले र कसरी हुँदैछ बाँडफाँड ? तपाइले पढ्नैपर्ने यो जनाकारी

Kumari bank ad

काठमाडौ । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आइपिओ बाँडफाँडको स्वरुप तयार पारेको छ । आईपिओ बाँडफाँड गर्नुभन्दा तीन दिन अगाडि सेयर निष्काशन तथा विक्री प्रबन्धकले पूर्व बाँडफाँड स्वरुप तयार पारेर धितोपत्र बोर्डमा पेश गर्नुपर्ने प्रावधान अनुसार स्वरुप तयार भएको छ ।

माइक्रोफाइनान्सले पुस २१ गतेदेखि २५ गतेसम्म निष्काशन गरेको आईपिओ बाँडफाँडको अन्तिम तयारी गरेको जनाएको छ । कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपिओ बाँडफाँडको पूर्व बाँडफाँडको प्रारुप तयार गरिसकेको जनाएको छ ।

माइक्रोफाइनान्सको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले निष्कासित सेयर शुक्रबार बिहान बाँडफाँड गर्ने भएको छ । उन्नतीले निष्काशन गरेको साधारण सेयरमा दुई लाख ४९ हजार बढी आवेदकबाट ८० करोड रुपैयाँ बढी आवेदन गरेका छन् ।

कुल निष्काशित एक लाख ६५ हजार कित्तामध्ये चार प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र पाँच प्रतिशत अर्थात ८ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

कुल आवेदकमध्ये ६ प्रतिशत अर्थात एक सय जना आवेदकमध्ये ६ जना भाग्यमानीले मात्र लघुवित्तको सेयर प्राप्त गर्नेछन् भने ९४ जनाको हात खाली हुनेछ ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको एक लाख ५० हजार १५० कित्ता सेयर भाग्यमानी १५ हजार १५ जना सर्वसाधारलाई गोलाप्रथाद्धारा १० कित्ताका दरले सेयर वितरण हुनेछ ।

२०७४ माघ २५ गते प्रकाशित

वि.सं.२०७४ माघ २५ बिहीवार १०:३६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...