back
NMB ad

कारबाहीको सुचना संगै अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै

Kumari bank ad

काठमाडौँ । सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि उनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन् ।

धेरै बक्यौता रहेको मलेसियन विमान कम्पनी एयर एशियाले मात्रै गत आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रु दुई करोड बुझाएको छ । एयर एशियाले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई रकम तिर्न अटेर गर्दै आएको थियो ।

प्राधिकरणका उपमहानिर्देशको नेतृत्वमा छानबिन समिति गठन गरेर बक्यौता तिर्न अटेर गर्ने कम्पनीलाई कारबाहीको तयारी गरेपछि धमाधम बोर्ड र प्राधिकरणलाई बुझाउनुपर्ने रकम तिर्न थालेका छन् । प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले लगातारको ताकेता र कारबाहीको चेतावनीपछि अटेर गर्दै आएका विमान कम्पनी धमाधम बक्यौता तिर्न थालेको बताए ।

एयर एशियाले प्राधिकरण र बोर्डलाई किस्ताबन्दीमा रकम तिर्दै जाने प्रतिबद्धता जनाएको छ । कम्पनीले नेपाल पर्यटन बोर्डलाई रु ५२ लाख ५० हजार तिरेको छ । यस्तै प्राधिकरणलाई पनि किस्ताबन्दीमा रकम तिर्ने भन्दै कम्पनी सम्पर्कमा समेत आएको छ ।

बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद थपलियाले बक्यौता रकममध्ये केही प्राप्त भएको जानकारी दिए । सो विमान कम्पनीले बोर्डलाई रु सात करोड २३ लाखभन्दा बढी रकम बुझाउन बाँकी छ । प्रतिपर्यटकबाट रु एक हजारको दरले उठाएको रकम बोर्डलाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

हाल बन्द रहेको भारतीय विमान कम्पनी किंगफिसरको पनि बक्यौता छ । उक्त कम्पनी हाल सम्पर्कभन्दा बाहिर रहेको बोर्डले जनाएको छ ।

प्राधिकरणले बक्यौता तिर्न अटेर गर्दै आएका दुई दर्जन बढी वायु सेवा कम्पनीलाई समयमा नै रकम उपलब्ध गराउन ताकेता गरेको थियो । ताकेता गरेपछि केही विमान कम्पनीले बक्यौता रकम उपलब्ध गराएका छन् भने केहीले किस्ताबन्दीमा भए पनि रकम तिर्ने वचन दिएको प्राधिकरणले जनाएको छ ।

एयर एशियाको मात्रै रु २३ करोड बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको थियो । प्राधिकरणका अनुसार बक्यौता रकम नतिरे उडान बन्द गर्ने चेतावनी दिएपछि हालसम्म रु १२ करोड रकम उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार किस्ताबन्दीमा चुक्ता गर्ने सिम्रिक र सौर्य एयरलाइन्सले प्रतिबद्धता जनाएका छन् ।

छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको थियो ।

हाल सञ्चालनमा रहेका एयरलाइन्सले रु ६६ करोड ३९ लाख ४६ हजार रकम तिर्न अटेर गरेका छन् । सरकारी कार्यालय तथा संघसंस्थाले समेत रु ५५ करोड १२ लाख २१ हजार तिरेका छैनन् । यस्तै, सञ्चालनमा नरहेका संघ र संस्था फार्मको रु दुई करोड ९७ लाख ५७ हजार र सञ्चालनमा रहेका संस्थाको रु १२ करोड ४५ लाख ८३ हजार बक्यौता देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायु सेवा निगम कार्यालयले समेत बाँकी रकम तिरेका छैनन् । भन्सार कार्यालयले रु ५५ करोड १२ लाख २१ हजार र निगमले रु ३२ करोड २१ लाख नौ हजार तिरेका छैनन् । यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई रु ८७ करोड ३३ लाख ३१ हजार बक्यौता रकम प्राप्त हुन बाँकी छ ।

विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका वायुसेवा कम्पनी र संघसंस्थाको रकम असुलीका लागि विमानस्थल कार्यालयले प्रक्रिया शुरू गरेको छ ।

बन्द भएकालाई बक्यौता उठाउन केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको छ । सञ्चालनमा रहेकालाई कारबाही गर्ने चेतावनी दिँदै बक्यौता उठाउन लागिएको छ ।

२०७४ माघ २५ गते प्रकाशित

वि.सं.२०७४ माघ २५ बिहीवार १८:१४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...