back
NMB ad

सजिलै शेयरमा आवेदन दिन सकिने सी–आस्बाबारे पढ्नै पर्ने यो जानकारी

Kumari bank ad

काठमाडौँ। पछिल्लो समय प्रायेगमा आएको सि–आस्बा र आस्बा बिच प्रयोगकर्तामा अन्योलता देखिएको छ । सी-आस्बामार्फत प्राथमिक शेयरमा आवेदन दिँदा मेरो शेयरको सेवा अनिवार्य लिनु पर्ने अथवा नपर्ने र त्यसमा थप शुल्क लाग्ने या नलाग्ने विषयमा प्रष्ट जानकारी नहुदा लगानीकर्तामा अन्योलता देखिएको छ ।

यहि अन्योलतालाई चिर्दै केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले सी–आस्बामार्फत प्राथमिक शेयरमा आवेदन दिँदा मेरो शेयरको सेवा अनिवार्य लिनु नपर्ने र त्यसमा थप शुल्क पनि नलाग्ने जनाएको छ। केन्द्रीय निक्षेप प्रणालीले पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी दिएको हो ।

सी–आस्बा सेवा आस्बा सेवा प्रदायक बैंक वित्तीय संस्थालाई मात्र अनिवार्य गरिएकोले लगानीकर्ताले पहिले जसरी नै आस्बा सेवा प्रदायक बैंक वित्तीय संस्थामा गएर आवेदन दिन सक्ने प्रवधान यथाबत रहेको सिडीएससीले जनाएको छ ।

तर सी(आस्बा सेवा अनिवार्य भएपछि लगानीकर्ताले आफ्नो खाता भएको बैंकबाट सिआरएन नम्बर भने लिनुपर्ने भएको छ । जुन एकपटक लिएपछि सधैँका लागि काम लाग्ने सिडीएससीले जनाएको छ ।

बैंकबाट सीआरएन नम्बर लिन लगानीकर्ताले कुनै शुल्क तिर्नु नपर्ने तर घरबाटै अनलाइन आवेदन दिन सिडीएससीले उपलब्ध गाराएको मेरो शेयरको सुविधा लिँदा भने वार्षिक ५० रुपैयाँ शुल्क लाग्ने सिडीएससीले स्पस्ट पारेको छ।

सी(आस्बाको सीआरएन नम्बर आफ्नो खाता भएको जुनसुकै बैंकबाट लगानीकर्ताले लिन सक्ने छन् । प्राथमिक शेयरमा आवेदन दिँदा सोहि सीआरएन नम्बर लिएको बैंकबाट आवेदन दिन सक्नेछन्।

सी–आस्बा सेवा अनिवार्य भए लगत्तै सबैभन्दा बढी लगानीकर्तालाई फाइदा पुग्ने छ। सी(आस्बा सेवा अनिवार्य भए लगत्तै आवेदन रद्ध हुने समस्या हटेर जाने, सबै लगानीकर्ताले थोरै समयमा आवेदन दिन सक्ने र दोहोरो आवेदन बन्द हुने सिडिएससीले जनाएको छ ।

आवेदनको सबै तथ्यांक एकैपटक प्राप्त हुने भएकाले शेयर बाँडफाँट भोलि पल्टै गर्न सकिने र अब आउने सान्जेन् जलाविध्युत कम्पनीको प्राथमिक शेयर बिक्री बन्द भएको एक हप्तामै बाँडफाँट हुने सिडीएससीले जनाएको छ ।

२०७४ माघ २६ गते प्रकाशित

वि.सं.२०७४ माघ २६ शुक्रवार ०९:२७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...