back
NMB ad

धेरै चुक्ता पूँजी भएको मर्चेन्ट बैंकर बन्यो एनआइबिएल एस क्यापिटल, कती पुग्यो चुक्ता पूँजी ?

Kumari bank ad

काठमाडौं। भिन्न दुई कम्पनी एक आपसमा गाभिएर बनेको एनआइबिएल एस क्यापिटल लिमिटेडले आइतबारबाट एकीकृत कारोबार थाल्ने भएको छ । एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडले एक आपसमा गाभ्ने र गाभिने (मर्जर)को प्रक्रिया पुरा गरी नयाँ नामबाट कारोबार सुरु गर्ने भएका हुन् ।

मर्जरपछि यस कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुगेको छ। मर्जरपछि बनेको संस्था सबैभन्दा धेरै चुक्ता पूँजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) बनेको छ। कम्पनीले अहिले ३८ वटा कम्पनीको शेयर रजिष्ट्रारको काम गर्दै आएको छ। यो कार्यमार्फत करिब १० लाख शेयरधनीलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ।

दुई कम्पनीबीच गत कात्तिक २३ गते एक आपसमा गाभ्ने गाभिने सहमति भएको थियो। त्यही सहमतिअनुसार मंसिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो।

कम्पनीको १ लाख ४२ हजार भन्दा धेरै हितग्राही खाता र ४ वटा शाखा कार्यालय हुनेछन्। कम्पनीले थप तीन शाखा विस्तारको तयारी गरेको छ।

२०७४ माघ २८ गते प्रकाशित

वि.सं.२०७४ माघ २८ आइतवार ०९:१४ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...