back
NMB ad

खरिदका लागि तयार रहनुस, प्रतिकित्ता सेयरमूल्य २३९४ रुपैयाँ रहेको लघुवित्तको साढे सात करोड बढीको हकप्रद आउदै

Kumari bank ad

काठमाडौ । नागबेली लघुवित्तले ७ करोड ६६ लाख ४६ हजार बराबरको हकप्रद जारी गर्ने प्रक्रिया थालेको छ । लघुवित्तले एक बराबर एक कित्ता अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

लघुवित्तले माघ २३ गते मंगलबार हकप्रद जारी गर्न निवेदन पेश गरेको बोर्डले जनाएको छ । कम्पनीले एनएमबि क्यापिटललाई हकप्रद निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।

चालू आर्थिक बर्षको प्रथम त्रैमासमा लघुवित्तले २५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा कायम गरेको छ । कम्पनीको विहीबार प्रतिकित्ता सेयरमूल्य २३९४ रुपैयाँ रहेको छ ।

नागबेलीले गत बर्ष वितरण गरेको ४५.६० प्रतिशत बोनस कायम हुने चुक्ता पूँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको नै हकप्रद जारी गर्न लागेको हो ।

बोर्डमा आवेदन माग गरेको सात लाख ६६ हजार ४६३ दशमलव १५ कित्ता हकप्रद जारी पश्चात कम्पनीको चुक्ता १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पूँजी पुग्नेछ । लघुवित्तको गत मंसिर २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

२०७४ माघ २८ गते प्रकाशित

वि.सं.२०७४ माघ २८ आइतवार ०९:२९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...