back
NMB ad

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु, नेपालमा ३५ प्रतिशत नेपाली जुत्ता प्रयोग हुँदै

Kumari bank ad

काठमाडौँ । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ ।

‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो ।

विभिन्न जुत्ता चप्पल संघले जुत्ता चप्पल प्रदर्शनी गरे पनि नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने पहिलो पटक प्रदर्शनी आयोजना गरेको संघका अध्यक्ष खुमराजा ढुङ्गानाले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मुलुकको विकासका निम्ति राज्यले साना व्यवसायीको सम्मान गर्नुपर्ने बताए। “दैनिक सयौँ युवा विदेशिएका बेला स्वदेशमा रोजगारको व्यवस्थाका लागि साना व्यवसायमा राज्यले लगानी गर्नुपर्छ”, उनले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले स्वदेशी वस्तुलाई प्राथमिकता दिनका लागि राज्यले कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने बताए ।

नेपाल व्यापार संघका महासचिव कृष्ण अधिकारीले स्वदेशमा उत्पादित सामग्री राम्रो र टिकाउ हुने भन्दै यसलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । हाल नेपालमा ३५ प्रतिशत नेपाली जुत्ता प्रयोग हुँदै आएको संघले जनाएको छ ।

२०७४ फागुन १० मा प्रकाशित

वि.सं.२०७४ फागुन १० बिहीवार १४:४६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...