back
NMB ad

पश्चिमी वायुको प्रभावले आज वर्षा हुने सम्भावना

Kumari bank ad

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन विवरण आइसकेको छैन ।

पश्चिमी वायुको प्रभाव देशका मध्य र पश्चिमी भेगमा आज रातिसम्म रहने र सोमबार बिहान पूर्वी भेगबाट बाहिरिने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार सोमबार अपराह्नदेखि मौसममा नियमितझै सुधार आउनेछ । जाडो याम भएकाले सामान्य बदली हुने क्रम अझै केही दिन जारी रहनेछ । यसअघि यही फागुन १० गते साँझ काठमाडौँ उपत्यकासहित उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको थियो । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको सामान्य असरले देशभरका पहाडी भेगमा बदली र एक दुई स्थानमा हल्का वर्षा गराएको थियो ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम २४ र न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ । सबैभन्दा बढी दिपायलको ३१.५ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति २०७४फाल्गुण १३ गते

वि.सं.२०७४ फागुन १३ आइतवार १६:०० मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...