back
NMB ad

फागुन २० गते प्रतिनिधिसभा तथा राष्ट्रियसभा सांसदको शपथ, यस्तो छ तयारी

Kumari bank ad

काठमाडौँ । सघीय संसद्का नवनिर्वाचित सदस्यको यही फागुन २० गते आइतबार शपथ हुने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनेछन् । संविधानका विषयमा फरक मत राख्दै आएको राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहनुभएका ज्येष्ठ सदस्य यादवलाई प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने अवसर प्राप्त भएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदनका रुपमा रहेको छ ।

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ६९ वर्षीया ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । नेपाली काँग्रेस प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रमुख प्रतिपक्षका रुपमा रहनेछ ।

माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका हिसाबले ५६ र सरकारको सिफारिशमा राष्ट्रपतिबाट तीनजना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुवै सदनका ज्येष्ठ सदस्यले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्को पहिलो अधिवेशन राष्ट्रपति भण्डारीबाट यही फागुन २१ गते अपराह्न ४ बजेका लागि आह्वान भइसकेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै अधिवेशन सोही दिन एउटै समयमा सञ्चालन हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र अध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुरुप सदनको पहिलो बैठकले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको निर्वाचनको मिति तोक्ने र संसद् सञ्चालनका लागि कार्यविधि पारित गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा राजनीतिक दलसँगको छलफलका आधारमा अघि बढाउनुपर्ने त्यस्ता विषयलाई टुंगोमा पु¥याइने प्रवक्ता गौतमले जानकारी दिए ।

“राष्ट्रियसभा कक्षको माइक जडानको सामान्य कामबाहेक संघीय संसद्को पहिलो अधिवेशन, शपथ ग्रहण र त्यसपछिको बैठक बस्न आवश्यक सभाकक्ष निर्माणलगायत तयारी पूरा भइसकेको छ”, उनले भने ।

मुलुकमा पहिलो पटक संघीय संसद्को अभ्यास हुन लागेको हो । संघीय संसद्को बैठक प्रारम्भ भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण चरण पार हुनेछ ।

२०७४ फागुन १३ गते प्रकाशित

वि.सं.२०७४ फागुन १३ आइतवार १९:०७ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...