back
NMB ad

चालक र सहचालकको आँखा परीक्षण  सम्पन्न

Kumari bank ad

पोखरा । बढ्दो सवारी दुर्घटनामा कम गर्नेमुख्य उद्देश्यका साथ आइतबार पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा आयोजित सार्वजनिक यातायात साधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण शिविरमा ९७० जनाको आँखा परीक्षण गरियो ।

हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको रजत महोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सय वर्ष पुगेको अवसरमा आयोजना गरिएको आँखा परीक्षण शिविरबाट २० जनालाई थप उपचारका लागि हिमालयन आँखा अस्पताल पठाइएको छ ।

आइतबार बिहान नौदेखि साँझ ५ बजेसम्म सञ्चालित शिविरमा ४०० जनतालाई औषधि र ३०० भन्दा बढीलाई निःशुल्क चश्मा प्रदान गरिएको कार्यक्रम संयोजक विनोद ढुंगानाले जानकारी दिए ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक गभर्नर धनराज आचार्यले विगत ३० वर्षदेखि निरन्तर सार्वजनिक यातायात चलाउँदै आउनुभएका ६५ वर्षीय गंगाप्रसाद जोशीलाई परीक्षण दर्ता कार्ड प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीले सामाजिक उत्तरदायित्व बहनमा लायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै यस्ता कार्यले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा हिमालयन आँखा अस्पताल पोखराका अध्यक्ष डा दीलबहादुर क्षेत्रीले कर्णाली, गण्डकी र धौलागिरिमा उज्यालो बड्ने उद्देश्यले आजभन्दा २५ वर्ष अघि स्थापना भएको आँखा अस्पतालले विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए ।

हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र महर्जनले चालक अनुमतिपत्र प्रदान गर्दा र नवीकरण गर्दा अनिवार्यरुपमा आँखा परीक्षण गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति २०७४ फाल्गुण १४ गते

वि.सं.२०७४ फागुन १४ सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...