back
NMB ad

सूचिकृत २७ वाणिज्य बैङ्कमा २० वटाले लाभांश तोक्दा ७ बाँकी, कुन बैङ्कले कती गर्यो घोषणा ?

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत २७ वटा वाणिज्य बैङ्क मध्य २० वटा बैङ्कले मात्रै यो वर्ष लाभांश वितरण गर्ने भएका छन् । बाँकी ७ बैङ्कले लाभांश तथा साधारण सभा बारे निर्णय गरेका छैनन् ।

कानुनमा आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिसक्नुपर्ने र साधारण सभका बोलाइसक्नु पर्ने व्यवस्था छ । तर आधा बढी कम्पनीहरुले न साधारण सभा डाकेका छन्, न लाभांश घोषणा ।

केही वाणिज्य बैङ्कहरुले दिएको बोनस तथा लाभांश लगानिकर्ताका डिम्याट खातामा जम्मा भएर दोस्रो बजारमा कारोबारमा आइसकेका छन् भने धेरै जसो बैङ्कहरुले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।

अहिलेसम्म बोनस तथा लाभांश घोषणा नगरी लगानीकर्तालाई अलमलमा पार्ने बैङ्कहरुमा बैंक अफ काठमाण्डू, सिभिल बैंक, कुमारी बैंक, नेपाल बैंक, एनसीसी बैंक, एनएमबि बैंक र प्रभु बैंक रहेका छन् ।

बोनस सेयर वितरण गर्नेमा शतप्रतिशत सहित सबैभन्दा अगाडी स्ट्यार्न्डड चार्टर्ड रहेको छ भने लाभांशमा २५ प्रतिशत सहित नेपाल इन्भेष्टमेन्ट बैङ्क रहेको छ । स्ट्यार्न्डड चार्टर्डले ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने इन्भेष्टमेन्ट बैङ्कले १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

सबै भन्दा कम बोनस वितरण गर्नेमा सेञ्चुरी बैङ्क र कम लाभांश दिनेमा लक्ष्मी बैङरहेको छ । गत वर्षको मुनाफाबाट सेञ्चुरीले ५ प्रतिशत बबोनस सेयर तोकेको छ भने लक्ष्मीले ०.५३ प्रतिशत नगद लाभांश बाँड्दा अधिकांश बैङ्कले १० देखी २० प्रतिशत बोनस सेयर घोषणा गरेका छन् ।

बाँकी बैङ्कहरुमा माछापुच्छ«े बैङ्कले ९ प्रतिशत बोनस सेयर सहित ६ प्रतिशत नगद लाभांश बाढ्ने भएको छ । त्यस्तै मेगाले ९.४५ प्रतिशत बोनस सेयर, ग्लोबल आइएमई बैङ्कले बोनस र लाभांश दुवै १० प्रतिशत, नेपाल बङ्गलादेश बैङ्कले १२ प्रतिशत बोनस सहित ३.७९ प्रतिशत नगद लाभांश तोकेको छ ।

यस्तै सिद्धार्थ बैङ्क र जनता बैङ्कले समान १४ प्रतिशत बोनस, सनराईज बैङ्कले १५ प्रतिशत बोनस, नेपाल एसबिआई बैङ्कले १५.४२ प्रतिशत बोनस र ०.८१ प्रतिशत नगद लाभांश, सानिमा बैङ्कले १६ प्रतिशत बोनस, सिटिजन्स बैङ्कले १६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेका छन् ।

घोषणा गरेका बाँकीमा एनआइसी एसियाको २० प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश, कृषि विकासको २० प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश, हिमालयनको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद लाभांश, प्राइम कमर्सियलको २७ प्रतिशत बोनस, नबिल बैङ्कको ३० प्रतिशत कोनस र १८ प्रतिशत नगद लाभांश र एभरेष्ट बैङ्कको ३३ प्रतिशत बोनस र १.७४ प्रतिशत नगद लाभांश रहेको छ ।

बोनस तथा लाभांश घोषणा नगरेका मध्य नेपाल बैंक, एनसीसी बैंक र प्रभु बैंक सञ्चित जगेडा नोक्सानीमा रहेका कारण गत बर्षको कमाईबाट बोनस तथा लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । अन्य बैंकले लाभांश दिन सक्ने भएपनि घोषणा गरेका छैनन् । नेपाल बैंकले भने एफपिओ प्रस्ताव गरेर साधारण सभा बोलाएको छ ।

नियमनकारी निकायले निगरानी र कारबाही गर्न नसक्दा कम्पनीहरु तोकिएको समयमा लाभांश प्रस्ताव सहित साधारण सभा नगर्ने र कम उत्तरदायी बन्दै गएको लगानीकर्ताको गुनासो छ ।

२०७४ फागुन १४ गते प्रकाशित

वि.सं.२०७४ फागुन १४ सोमवार २१:०९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...