back
NMB ad

सुनकोशी गाउँपालिकाको नाम अब लिम्चुङबुङ

Kumari bank ad

उदयपुर । जिल्लाको सुनकोशी गाउँपालिकाको नाम ‘लिम्चुङबुङ’ भएको छ । सुनकोशी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो गाउँपालिकाको नाम लिम्चुङबुङ होस् भन्दै पाँच महिनाअघि मात्र संघीय मामिला मन्त्रालयमा निवेदन दिएअनुसार हालै नाम परिवर्तनको स्वीकृति भएको सो गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।

नेपालका धेरै स्थानमा सुनकोशी गाउँपालिका नाम भएका कारण पनि गाउँपालिकाको छुट्टै पहिचान सहितको नाम व्यवस्थापन गरिएको अध्यक्ष राईले बताउए । सो गाउँपालिकाकी उपाध्यक्ष रमिला राईका अनुसार लिम्चुङबुङ भनेको किराँती चामलिङ राई भाषामा सुनतारी फूलको नाम भएको कुरा बताउनु भएको छ ।

सुनतारी फूलहरु स्थानीय क्षेत्रको बाँसबोटे, बराह, जाँते, बलाम्ता र ताम्लिछा क्षेत्रमा व्यापक पाइने एक प्रकारको लोकप्रिय वनस्पति सुनतारी फूलको क्षेत्र भएको कारण सोही फूलको पहिचानका लागि चामलिङ भाषाबाट गाउँपालिकाको नाम लिम्चुङबुङ रािखएको उपाध्यक्ष राईले बताए ।

स्थानीय राई जातिहरुको विवाहमा बाबुमाइती ढोगभेट गर्दा र छोरीचेलीले माइतीलाई ढोगभेट गर्दा उक्त फूल उपहार दिने गरेको र स्थानीय स्तरमा औषधिका लागि पनि सुनतारी फूल प्रयोग गरिने कारण लोकप्रिय भएको र यसैको नामबाट गाउँपालिकाको नाम निर्धारण भएको बलाम्ताका पूर्वगाविस अध्यक्ष वसन्तकुमार राईले बताए ।

आफ्नो गाउँघर किराँती राई, क्षेत्री ब्राह्मणको साझा संगमस्थल भएको र यो क्षेत्रमा सबैतिर फुल्ने र पाइने सुनतारी फूलले यो क्षेत्रको छुट्टै पहिचान र परिचयसमेत दिएको हुँदा लिम्चुङबुङ नामले उदयपुर मात्र नभई नेपालमा नै आफूहरुको गाउँपालिकाको छुट्टै पहिचान गराएको पनि बरालको भनाई छ ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार ११:०८ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...