back
NMB ad

आठ वर्षीय बालिका बलात्कृत

Kumari bank ad

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् ।
बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
बालिकालाई बुधबारै साँझ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गराइएको नायब उपरीक्षक लिम्बूले बताए ।
बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा उनको गोप्य अंगमा समेत गहिरो घाउ भएको फेला परेपछि आवश्यक प्रमाण संकलन गरी गएराति नै उनको उपक्षेत्रीय अस्पतालमा सल्यक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली पटेर्वासुगौली गाउँपालिकामा खटाइएको प्रवक्ता लिम्बूले बताए। अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार १२:११ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...