back
NMB ad

कृषि पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

Kumari bank ad

काठमाडौँ । कृषि व्यवसाय तथा साना कृषकलाई बजारसँग जोड्ने, कृषि बजारलाई पोषण संवेदनशील बनाउने र पोषण संवेदनशील कृषिसम्बन्धी अभ्यासलाई दिगोपना दिने निष्कर्षसहित पहाडी क्षेत्रमा पोषण संवेदनशील कृषिसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा नेपाल र भारतमा कार्यरत सेवा प्रदायकहरुले पशुमा आधारित कृषि प्रणाली, ग्रामीण सेवा प्रदायकहरुको अन्तर्राष्ट्रिय पहाडी कृषि पारस्थितिकीय प्रणाली कार्यगत सञ्जालमार्फत ग्रामीण क्षेत्रका महिलाको पोषण, स्वास्थ्य तथा आम्दानी अवस्था सुधार गर्न भएका पहलका साथै मानव पोषण सुधारका लागि माटोको अवस्था सुधार्नु पर्ने पक्षका साथै संरक्षित खेतीपातीका बारेमा पनि जोड दिइएको छ ।

सम्मेलनका सहभागी कार्यपत्र प्रस्तोताहरुले स्वास्थ्य तथा पोषण क्षेत्रमा कार्यरत सेवा प्रदायकले सो कार्यक्रमले गर्दा पोषण र कृषिलाई हेर्ने आफ्नो धारणामा परिवर्तन आएको महसुस भएको विचार व्यक्त गरेका थिए । उनीहरुले ग्रामीण क्षेत्रका जनताको पोषण सुधारका लागि कृषिको भूमिका झन महत्वपूर्ण भएको र आगामी दिनमा पोषण तथा स्वास्थ्य सुधारका लागि कृषिलाई पनि सँगसँगै अगाडि लैजाने धारणा राखेका थिए ।

पहाडी क्षेत्रका समुदायको पोषण सुधारका लागि माटोका उर्वराशक्ति सुधारमा पनि उत्तिकै ध्यान दिनुपर्ने पक्षमा शत्रमा सहभागी सेवा प्रदायकको भनाइ छ । सम्मेलन समापनका क्रममा पूर्व सचिव आत्माराम पाण्डेले बृहत स्तरमा प्रभाव ल्याउनका लागि पोषण संवेदनशील कृषि अभ्यासको स्थानीयकरण गरिनुपर्नेमा जोड दिए ।

हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपालका राष्ट्रिय निर्देशक डा भरतकुमार पोखरेलले खाद्य विविधता र पोषण एक अर्कामा सम्बन्धित भएकाले पोषणलाई एकीकृत रुपमा व्याख्या गरिनुपर्ने आवश्यकतामा जोड दिए । पोषणको अवस्था सुधार गर्नका लागि उक्त क्षेत्रमा कार्यरत सेवा प्रदायकहरु सामूहिक रुपमा समन्वयात्मक ढंगले अगाडि बढ्न सकिने उन भनाइ थियो ।

सोही संस्थाका अन्तर्राष्ट्रिय कार्यक्रम सल्लाहकर्ता डा जेन कार्टरले स्थानीयस्तरमा ग्रामीण समुदायको पोषण सुधार गर्न स–साना प्रयासको महत्वपूर्ण योगदान हुने र झन प्रभावकारी हुने पक्षमाथि प्रकाश पार्नुभएको थियो । उहाँले पोषण मानव संस्कृतिसँग सम्बन्धित भएको र पोषण संवेदनशील कृषि शहरी कृषि प्रणालीमा पनि समाहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

आइफोम अर्गेनिक्स इन्टरनेशनल, जर्मनीका कार्यकारी निर्देशक मार्कस आर्वेञ्जले पहाडी क्षेत्रका ग्रामीण समुदायको कुपोषणको अवस्था सुधार गर्न कृषिको महत्वपूर्ण भूमिका रहेको बताए । हेल्भेटास, एफआइबिएल र आइएफओएम अर्गान्स इन्टरनेशनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपालसहित पाकिस्तान, भारत, पेरु, इथियोपिया, कीर्गिस्तान, जर्मनी, स्विजरल्याण्ड र हल्याण्डका गरी करिब १५० विज्ञको सभागिता थियो । यसअघि यस किसिमको सम्मेलन सन् २०१६ मा पाकिस्तानमा आयोजना गरिएको थियो ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार १३:२५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...