back
NMB ad

सन्तोष उप्रेतीको अध्यक्षतामा होटेल तथा पर्यटन व्यवसायी महासंघ सर्वसम्मत

Kumari bank ad

नुवाकोट । होटेल तथा पर्यटन व्यवसायी महासंघको प्रदेश नं ३ स्तरीय प्रथम अधिवेशनले व्यवसायी महासंघ प्रदेश नं. ३ कार्यसमिति अध्यक्षमा नुवाकोटका सन्तोष उप्रेतीलाई सर्वसम्मत चयन गरेको छ ।

समितिका वरिष्ठ उपाध्यक्षमा उमेश सुवेदी, प्रथम उपाध्यक्षमा दुर्गाप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा देवराज नेपाल, महासचिवमा निकु सर्राफ, सचिवमा गणेश पौडेल, सहसचिवमा अजय त्रिपाठी र कोषाध्यक्षमा रमेश बराल तथा सदस्यमा श्यामकुमार श्रेष्ठ, विष्णुप्रसाद भण्डारी, नारायणमान श्रेष्ठ, नेत्रप्रसाद न्यौपाने, शिवप्रसाद शाही र दिनेश कार्की चयन भएका छन् ।

अधिवेशनमा प्रदेश नंं. ३ का १३ जिल्लाको सहभागिता थियो । हरेक जिल्लाबाट पाँच प्रतिनिधि सहभागी भएको भेलाको आयोजक नुवाकोट होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष मधुसूदन थपलियाले जानकारी दिए ।

अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य तथा नेकपा (एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले होटेल तथा पर्यटन व्यवसायीलाई ग्राहकको अधिकारलाई मनन गरी सेवा प्रवाह गर्न आग्रह गरे । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले देशमा सबै स्थानीय तहमा स्तरीय होटेल सञ्चालन गर्न आग्रह गरे ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार २०:०७ मा प्रकाशित

You can share this post!

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...