back
NMB ad

चमेलिया जलविद्युत् निर्माणमा भ्रष्टाचार, खानेपानी र सिंचाई देखी विद्युतसम्म उपलब्ध नहुदा स्थानियको आमरण अनशन

Kumari bank ad

दार्चुला । आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् ।

चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीय खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनशनमा बसेका हुन् ।

संघर्ष समितिले आयोजना निर्माणका क्रममा सुकेका खानेपानी र सिँचाइको स्थायी र दीर्घकालीन समाधान गर्नुपर्ने, आयोजनाबाट प्रत्यक्षरुपमा विस्थापित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिकाभरिमा निःशुल्क विद्युत्को व्यवस्था गर्नुपर्ने, चालु आर्थिक वर्षभित्र दार्चुला र बैतडी जिल्लालाई विद्युत् भार कटौती मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राखेको छ ।

यस्तै बाँध स्थलदेखि टेलरेससम्म चमेलियामा पानी छोड्नु पर्ने, आयोजना निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र स्थानीयसँग आयोजनाले गरेका सम्झौता तत्काल कार्यान्वय गर्नुपर्ने माग राखेका छन् । फागुन ११ गते संर्घष समितिले एक अपिल जारी गर्दै आयोजनासँग उक्त माग राखेको थियो ।

आयोजनाले आफूहरुका जायज मागलाई कुनै वास्ता नगरेका कारण आमरण अनशन बस्नुपरेको खानेपानी मूल संर्घष समितिका सचिव सुरेन्द्र तितराले जानकारी दिए ।
संर्घष समितिका अध्यक्ष शंकर खडायत, सचिव सुरन्द्र तितरा तथा समितिका सल्लाहकार सदस्य परमानन्द खडायतले बिहीबारबाट आमरण अनशन शुरु गरेका छन् ।

चमेलिया विद्युत् गृहको सुरक्षा र काममा बाधा नपर्ने गरी स्थानीय प्रशासन सुरक्षा निकायमा जानकारी गराइ आफूहरुले वडा नम्बर १ को नवनिर्मित भवनको प्रांगणबाट अनशन शुरु गरेको समितिका अध्यक्ष शंकर खडायतले जानकारी दिए ।

२०७४ फागुन १८ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन १८ शुक्रवार ०८:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...