back
NMB ad

इटलीको सत्ताधारीमध्य–वामपन्थी दलद्वारा हार स्वीकार, यस्तो आयो चुनावी परिणाम

Kumari bank ad

रोम । इटलीमा आइतबार भएको निर्वाचनको परिणाम आइरहँदा उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन ।

करिब १० वर्ष पहिलेस्थापित फाइभ स्टार सबैभन्दा शक्तिशाली दल बनेको छ । फाइभ स्टार मुभमेन्टले पनि आफ्नो शक्तिको लेखाजोखा गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनका लागि काम गर्ने बताएको छ । यद्यपि उक्त दलले गठबन्धन सरकार बनाउने विषय भने अस्वीकार गरिरहेको छ ।

इटालीको संसदमा नयाँ निर्वाचनमार्फत प्रतिनिधि चयनका लागि देशभित्र रहेका झण्डै ५१ हजार मतदाता र समुद्रपार रहेका ४३ लाख इटालियालीले थिए ।

संसद्को सबै ६३० सदस्य सङ्ख्याका लागि भएको निर्वाचनमा जम्मा तीन हजार ९०१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने सिनेटको ३१५ सदस्यका लागि एक हजार ९५८ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

दक्षिणपन्थीहरूको भन्दा फाइभ स्टारले कम सीट जितेको छ । तर पार्टीका नेताहरूले नयाँ सरकारको खम्बा उक्त दल हुने बताएका छन् । आप्रवासन विरोधी लिग पार्टी वा पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको फोर्तसा इटालियामध्ये कुन चाही शक्ति गठबन्धनभित्रको सबैभन्दा ठूलो दल बनेको छ भन्ने स्पष्ट भइसकेको छैन ।

सर्वेक्षणहरूले बहुमत प्राप्त गर्ने अवस्थाको नजिक भने पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीले नेतृत्व गरेको मध्य दक्षिणपन्थी गठबन्धन रहेको देखाएको छ ।

सरकारको नेतृत्व सम्हालेको मध्य वामपन्थी दलले हार स्वीकार गरेको छ ।
इटालीले पहिलो पटक निर्वाचनसम्बन्धि नयाँ कानूनको प्रयोग गर्दै आइतबार मतदान सम्पन्न गरेको थियो । नतिजा पूर्ण विवरण आउन अझै केही घण्टा पर्खिनुपर्नेछ ।

निर्वाचनमा सबै उम्मेदवारको मुख्य आकर्षण इटालीको अर्थतन्त्र र सुरक्षा मुद्दा मुख्य रूपमा चर्चामा रहेको छ । निर्वाचनमा आप्रवासीसम्बन्धी मुद्दाले पनि निकै चर्चा पाएको थियो । इटालीको दक्षिणपन्थी पक्षले आप्रवासीविरोधी मुद्दालाई बेजोडरूपले उठाएको छ ।

इटालीमा सन् २०१३ पछि मध्य तथा वामपन्थी प्रजातन्त्रिक दलको गठबन्धनका तीन फरक÷फरक प्रधानमन्त्रीले सत्ता सम्हालिसकेका छन् ।

२०७४ फागुन २१ गते प्रकाशित

वि.सं.२०७४ फागुन २१ सोमवार १५:४३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...