back
NMB ad

महानगरमै यस्तो दुर्दशा : न्यूनतम स्वास्थ्य सेवाबाटै बञ्चित

Kumari bank ad

ललितपुर । ललितपुर महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् ।

महानगरपालिकामा सामान्य उपचारका लागि एउटा पनि सरकारी तहको अस्पताल नहुँदा सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधामा महानगरवासीको पहुँच पुगेको छैन । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरमा मानसिक अस्पतालबाहेक एउटा पनि सरकारी अस्पताल नभएको बताए । उनले भने, “यहाँबाट बिरामी काठमाडौँका सरकारी अस्पताल वा निजी अस्पताल जान बाध्य छन् ।”

सरकारी अस्पताल नहुँदा सबैभन्दा बढी समस्या महिलालाई भएको अध्यक्ष कार्की बताउँछन् । महानगरपालिकाअन्तर्गत २० क्लिनिक सञ्चालित छन् । तीमध्ये कतिपयले ‘बर्थिङ सेन्टर’ शुरु गरेका छन् । ती केन्द्रबाट सिफारिस गरेर कहाँ पठाउने समस्या हुने गरेको उनले भने । उनी भन्छन्, “कि त किष्ट अस्पताल वा प्रसूति गृह पठाउने गरिन्छ ।”

सिङ्गो महानगरपालिकामा जिल्ला तहको अस्पताल मात्रै होइन प्राथमिक स्वास्थ्य केन्द्रसमेत छैन । सरकारले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने औषधि र स्वास्थ्यकर्मीको सेवाबाट स्थानीयवासी वञ्चित हुन परिरहेको छ । उनी भन्छन्, “शहरी क्षेत्रमा धेरै शहरी गरीव पनि बसोबास गर्छन्, उनीहरुले पनि न्यूनतम शुल्कमा सेवा पाएका छैनन् ।” विषयगत कार्यालयले दिने सेवा स्थानीय तहले दिने भनिए पनि स्वास्थ्यलगायत कार्यालयले सञ्चालन गर्ने कार्यक्रम शुरु भइसकेको छैन ।

२०७४ फागुन २२ गते प्रकाशित

वि.सं.२०७४ फागुन २२ मंगलवार ११:२५ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...