back
NMB ad

काठमाडौंमा अपाङ्गमैत्री बस सञ्चालन

Kumari bank ad

काठमाडौँ । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा आजदेखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा सेमी लो–फ्लोरको आज संयुक्त रुपमा प्रारम्भ गरेका छन् ।

उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म सञ्चालन हुनेछ । बस सोही रुट हुँदै फर्कनेछ । उक्त बस कामपाको सहकार्यमा अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको हो ।

आजदेखि सञ्चालनमा ल्याइएको बसमा ४१ सीट क्षमता रहेको छ । बसमा बालबालिकाका लागि छुट्टै सीटको व्यवस्था गरिएको छ ।सो अवसरमा कामपाका प्रमुख शाक्यले नागरिकको आवश्यकतालाई अध्यनजर गर्दै बसको संख्या वृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “सबै गरेर १०० वटा बस सञ्चालन गर्ने उद्देश्य राखिएको छ र त्यसमा अपाङ्ग र बालमैत्री बस पनि हुने उनले जानकारी दिए ।

अस्तव्यस्त सार्वजनिक यातायातलाई व्यवस्थित गर्न साना र दुई पाङ्ग्रेलाई हटाएर ठूला सवारी साधन सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले २०१९ सालदेखि सञ्चालन गर्न थालिएको साझा यातायात समय समयमा बन्द हुँदै पुनःसञ्चालनमा आएकामा आफू खुशी भएको बताए । साझालाई निरन्तर दिन आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता पनि प्रमुख महर्जनले व्यक्त गरेका छन्।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकामा ठूला सवारी साधनको उच्चतम प्रयोग नहुँदा नागरिकले धेरै सास्ती बेहोर्नु परेको र साझा जस्ता बसले आगामी दिनमा यी समस्याको निराकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

२०७४ फागुन २३ गते प्रकाशित

वि.सं.२०७४ फागुन २३ बुधवार १८:१७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...