back
NMB ad

विनोद चौधरीले यो वर्ष २० अर्व सम्पत्ति थपेर फोर्ब्समा २ स्थान उक्लिए

Kumari bank ad

काठमाडौँ । नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्ब रुपैयाँ वृद्धि भएको छ । यो संगै फोब्र्सको सूचिमा २ स्थान माथि उक्लिन सफल भएका छन् ।

फोर्ब्सले विश्वभरीका २ हजार २०८ जना डलर अर्बपतिको सूचीमा चौधरी १५६१औँ स्थानमा छन् । अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा सूचीकृत थिए ।

विश्वभरीका खर्बपतिको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गर्दै चौधरीको सम्पत्ति बढेको जनाएको हो ।

अघिल्लो वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब सम्पत्ति रहेकोमा यस वर्षको मार्च ६ सम्मको अवधिमा सो बढेर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो ।

फोर्ब्सले चौधरीको आम्दानीको प्रमूख स्रोतमा नविल बैंक, चौधरी ग्रुप कर्प अन्तर्गतका विभिन्न उद्योग तथा होटल भएको बताएको छ ।

त्यस्तै ६ वर्षको अवधिमा चौधरीले आफ्नो सम्पत्ति करिब ५० अर्बले बढाएका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको डलर अर्बपतिको सूचीमा विश्वभरीका २ हजार २०८ जना अटाएका छन् जसमा २५९ जना नयाँ धनाढ्य समावेश छन् ।

७२ देशका धनाढ्य अटाएको यस सूचीमा अमेरिकी मात्र ५८५ जना तथा चीनका ३७३ जना छन् । सूचीको पहिलो स्थानमा अमेजनका जेफ बेजोसले माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेका छन् ।

बेजोसको सम्पत्ति बिल गेट्सकोभन्दा २२ बिलियन डलर बढी छ । बेजोसको सम्पति ११२ बलियन डलर छ भने गेट्सको ९० बिलियन डलर छ ।

सूचीको तेश्रो स्थानमा सेयरका वादशाह तथा बर्कसायर आथवेका ८४ बिलियन डलर सहित वारेन वफेट, चौंथोमा फ्रान्सको बहुराष्ट्रिय कम्पनी एलभीएचएमका बर्नड अर्नल्ट तथा पाँचौमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ बिलियन डलर सहित समावेश छन् ।

२०७४ फागुन २३ गते प्रकाशित

वि.सं.२०७४ फागुन २३ बुधवार १७:५२ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....