back
NMB ad

अर्थमन्त्रालयको काम दायित्व व्यवस्थापन की अर्थतन्त्र ?

Kumari bank ad

काठमाडौ । आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् ।

आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँहरुले स्रोत जुटाएर राष्ट्रलाई समृद्धिको बाटोमा लैजानु चुनौतीपूर्ण रहेको बताएका हुन् ।

अर्थतन्त्रका विषयमा दर्जनौँ प्रश्नकामाझमा आफू उभिएको बताउँदै अर्थमन्त्री डा युवराज खतिवडाले भने, “अर्थ मन्त्रालय धेरै अर्थमा असीमित दायित्व व्यवस्थापन गर्ने मन्त्रालय भएको छ ।” स्रोत नै नभएका आयोजनालाई कार्यान्वयनमा पठाएको र स्रोत नै नभइकन बजेट निर्माण भएको भन्दै उनले पछि सिर्जना भएको दायित्व पूरा गर्नु ठूलो चुनौती भएको बताए ।

अर्थमन्त्री खतिवडाले भने, “चालु आर्थिक वर्षमा रु चारदेखि पाँच खर्बको दायित्व व्यवस्थापन गर्नुपर्नेछ ।” उनले गत वर्ष नै राजश्व बढेकाले अब थप राजश्व वृद्धि गर्न चुनौतीपूर्ण रहेको बताए ।

आयात बढेअनुसार त्यो राजश्वमा प्रतिविम्बित भएको छ कि छैन भन्ने विषयलाई अर्थमन्त्रालयले नजिकबाट हेरेको भन्दै उनले कर, भन्सार प्रणालीलाई चुस्त बनाउन खोजिएको स्पष्ट पारे ।

जनताले अनुमोदन गरेका योजनालाई कार्यान्वयन गर्नु र केही आर्थिक परिसूचक नकारात्मक भएको उल्लेख गर्दै अर्थमन्त्रीले ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिका लागि बाह्य लगानी आवश्यक भएको बताए ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समयमा रु एक खर्ब ५१ अर्बको वैदेशिक लगानी स्वीकृति हुने क्रममा रहेको भन्दै आर्थिक क्षेत्र सही बाटोमा लाग्ने बताए ।

अर्थसचिव शंकरप्रसाद अधिकारीले स्थानीय तहको खर्च बढ्ने बताउँदै खर्च मितव्ययितालाई ध्यान दिएर कार्य गरिने बताए ।

२०७४ फागुन २४ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २४ बिहीवार ०८:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...