back
NMB ad

बिक्री नहुँदा कुहिन थाल्यो अदुवा

Kumari bank ad

खोटाङ । उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् । जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् ।

जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको अदुवा व्यवसायी महासंघका जिल्ला अध्यक्ष संग्राम राईले बताए । “गत वर्षमा अदुवा बिक्रीबाट लाखौँ आम्दानी हुन्थ्यो,” उनेले भने, “यस वर्ष बिक्री नभएपछि आँगनमै चाङ लगाएर राख्न बाध्य भएका छौँ ।”

विसं २०७१ मा प्रतिकिलो रु ८० देखि रु १५० सम्ममा बिक्री भएको अदुवाको बजार भाउ तीन वर्षयता ओरालो लागेको छ । हाल अदुवाको बजार भाउ प्रतिकिलो रु २० देखि रु ४५ सम्म कायम छ । अदुवा खरिदका लागि यसअघि काठमाडौँ तथा तराईका इटहरी, कटारी र गाईघाटबाट व्यापारी आउने गरेका थिए । यस वर्ष काठमाडौँ तथा तराईबाट कोही नआएको किसानले बताएका छन् ।

बजार नपाएपछि मकै बालीसँगै अदुवा खेती गर्दै आएका किसान आगामी वर्ष अदुवा खेती छोडेर मकै खेती मात्र गर्ने तयारीमा छन् । किसानको समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि दुईवटा ठाउँमा जग्गासमेत हेरिसकेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

२०७४ फागुन २४ गते प्रकाशित

वि.सं.२०७४ फागुन २४ बिहीवार १३:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...