back
NMB ad

कैलाली घटनाको पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्ने

Kumari bank ad

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी २० वर्षीया राधा चौधरीलाई आज भेटेर उनको स्वास्थ्य उपचारबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले पीडकलाई कानूनअनुसार कारबाही गरिने बताए ।

यसैगरी सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले घोडाघोडी नगरपालिकाका प्रमुख एवं एमालेका नेता ममताप्रसाद चौधरीले उक्त घटनालाई गाउँमै मिलापत्र गराएर लुकाउन खोजेको भन्ने आरोपका सम्बन्धमा छानबिन गरी दोषी ठहर भएमा उहाँमाथि कारबाही गरिने बताए।

ती युवतीमाथि बिहीबार कुटपिट गरिएको थियो । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीयवासी रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै उपचारका क्रममा कुटपिट गरेका थिए । रामबहादुरसहित उनको झारफुकको काममा सघाउने सोही ठाउँकी कृष्णमति चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु विरुद्ध मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए । भोले बाबाका नामले समेत चिनिने रामबहादुर गाउँमा लामो समयदेखि धामीझाँक्री बैद्यको काम गर्दै आएका थिए ।

२०७४ फागुन २७ गते प्रकाशित

वि.सं.२०७४ फागुन २७ आइतवार १७:५३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...