back
NMB ad

महिला समुहलाई हाते ट्र्याक्टर वितरण

Kumari bank ad

हेटौंडा । मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएकोे छ । महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्र्याक्टर वितरण गरिएको हो ।

मार्खुमा तीन र फाखेलमा चारवटा ट्र्याक्टर इन्द्रसरोवर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरिएको छ । नारी सीप सिर्जना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जीविकोपार्जन पुर्नउत्थान परियोजनाअन्तर्गत ट्र्याक्टर वितरण गरेको हो ।

इन्द्रसरोवर गाउँपालिका–१ का वडाध्यक्ष जमानसिंह वाइवाको प्रमुख अतिथ्य तथा इन्द्रसरोवर कृषि सहकारीका सचिव सानु लामाको अध्यक्षतामा मार्खुमा वितरण गरिएको हो ।

त्यस्तै फाखेलमा गरिएको वितरण कार्यक्रम इन्द्रसरोवर–४ का वडाध्यक्ष धनवीर स्याङ्तानको प्रमुख अतिथ्यतामा गरिएको थियो ।कार्यक्रममा नारी सीप सिर्जना केन्द्रकी उपाध्यक्ष गणेशकुमारी श्रेष्ठलगायतको अतिथ्यता रहेको थियो ।

मकवानपुरको भूकम्प प्रभावित साविक गाउँ विकास समितिहरु चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, नामटार, भार्ता र कालिकाटार गरी आठ गाविस परियोजनाको कार्यक्षेत्र रहेको छ । परियोजनाअन्तर्गत अन्य छ कार्यक्षेत्रमा समेत गरी २१ थान ट्र्याक्टर वितरण गरिने कार्यक्रम संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

२०७४ फागुन २८ गते प्रकाशित

वि.सं.२०७४ फागुन २८ सोमवार १५:३३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...