काठमाडौँ । पदमुक्त भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन् । बिहिबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उमेरसम्बन्धी विवादमा पर्नुभएका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि आज उहाँले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ ।
सर्वोच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेका छन् । आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुनुहुने भएको छ ।
२०७४ चैत १ गते प्रकाशित
वि.सं.२०७४ चैत १ बिहीवार १७:१४ मा प्रकाशित