काठमाडौं। अग्नि ग्रुपले वीरगञ्जमा प्रि डेलिभरी इन्स्पेक्शन सेन्टर र स्पेयर पार्टस बिक्री केन्द्र स्थापना गरेको छ ।
महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि समूहका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यकारी निर्देशक शर्माले केन्द्रबाट गाडी बिक्री गर्नु अघि गुणस्तर सुनिश्चितता गर्ने बताए ।
गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिन आयल राख्ने लगायतका काम केन्द्रमा हुने बताइएको छ।
२०७४ चैत १ गते प्रकाशित
वि.सं.२०७४ चैत १ बिहीवार २२:४० मा प्रकाशित