back
NMB Ad

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

Royal Enfield Inside Page Banner

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले आफ्नो यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट –यामाहा महाएक्सचेन्ज मेला २०८१ को सुरूवात भएको घोषणा गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ आज काठमाडौंको भृकुटीमण्डपमा भएको छ। एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्नेछ।

एमएडब्लू इन्टरप्राइजेज प्रा।लि।का प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भन्नुभयो,  ‘फेरि पनि यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाउँदा हामी हर्षित छौं। यसले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्दछ।’ मेलाको विषयमा थप स्पष्ट पार्दै अग्रवालले भन्नुभयो, ‘हामीलाई विश्वास छ यो कार्यक्रम मोटरसाइकल प्रेमीहरूका लागि आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा दुई पाङ्ग्रे सवारीप्रतिको आफ्नो जोश मनाउनको लागि उत्तम मन्च पनि हो।’

यामाहा महाएक्सचेन्ज मेलाले ग्राहकहरूलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने एउटा असाधारण अवसर प्रदान गर्दछ। सहभागीहरूले आफ्नो ब्राण्ड-न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, एमएडब्लू राइड्सले जुनसुकै ब्राण्ड्सका पुराना मोटरसाइकलहरूको ट्रेड-इनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ। यो सुविधाजनक एक्सचेन्ज प्रोग्रामले तपाईलाई आफ्नो जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग विनिमय गर्ने सुविधा प्रदान गर्नेछ।

यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि निःशुल्क बाइक चेक-अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्नेछन्। यस कार्यक्रमले स्टाइलिश अपग्रेडको साथमा सुरक्षा बढाउन डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ। थप रोमाञ्चकताका लागि मेलामा निःशुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने निस्शुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकहरूको समग्र अनुभवलाई थप बढाउने निश्चित छ।

यामाहा महाएक्सचेन्ज मेला मोटरसाइकलमा पाइने अफर र सेवाहरूभन्दा पनि अझै बढि मनोरन्जनले भरिपुर्ण रहनेछ जहाँ प्रख्यात नेपाली गायक गायिकाहरूको प्रत्यक्ष प्रस्तुतीहरूले वातावरणलाई थप जीवन्त बनाउने छ। उपस्थितहरुले बैशाख २४ मा शिव परियार, २६ मा महेश काफ्ले र २९ गते मिलन नेवारको सुमधुर गायनको आनन्द लिन सक्नेछन्।

यो असाधारण कार्यक्रमले सुपथ मूल्यमा तपाईंको मोटरसाइकल अपग्रेड गर्न, निःशुल्क सेवाहरूको आनन्द लिन, रोमाञ्चक पुरस्कारहरू जित्न र लाइभ सङ्गीतको साथमा मोटरसाइकलप्रतिको तपाईंको जोशलाई उत्सवका रूपमा मनाउने अविष्मरणीय अवसर प्रदान गर्नेछ।

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

वि.सं.२०८१ माघ ३० बुधवार १५:४३

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा...

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

वि.सं.२०८१ माघ ३० बुधवार १५:३८

काठमाडौँ : प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार १५:२३

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा...

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

वि.सं.२०८१ माघ ३० बुधवार १५:२०

रञ्जिता अधिकारी देउखुरी (दाङ) : तुलसीपुर उपमहानगरपालिका–१५ का मदन चौधरीले...

झिनो अंकले बढ्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ता मालामाल

झिनो अंकले बढ्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ता मालामाल

वि.सं.२०८१ माघ ३० बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार?

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार?

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले...