काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि हाल कायम चुक्तापूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीको हाल चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
प्रस्तावित उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४ मा प्रकाशित