back
NMB ad

किन भए रोल्पामा एकसय एक्काइस विद्यार्थी एसईईवाट वञ्चित ?

Kumari bank ad

रोल्पा । परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ ।

शिक्षा नियमावलीअनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । शिक्षा विभागले सेन्टअप परीक्षा खारेज गर्दै विद्यालययमा ७५ प्रतिशत हाजिर हुने विद्यार्थीलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाएको भएपनि सो प्रावधान पूरा नगर्ने विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले बताए । उनीहरुले एसईई परीक्षामा सामेल हुन गत असारमा आवेदन फाराम भरेको भएपनि हाजिरी नपुगेका कारण परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।

रोल्पामा यस वर्ष सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेड र ग्रेडवृद्धि गरी तीन हजार ५९२ जना विद्यार्थी परीक्षामा सामेल हुने भएका छन् । एक महिला केन्द्राध्यक्षसहित १८ केन्द्रमा परीक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय, रोल्पाले बताएको छ ।

२०७४ चैत ४ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ४ आइतवार ०९:५१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...