back
NMB ad

१० प्रतिशत हकप्रद सेयर विक्री गरी सिद्धार्थ बैंकले गर्यो आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस दिने निर्णय

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकको आइतबार सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिको पुस २० गते सम्पन्न २८५ औं बैंठकले प्रस्ताव गरेको बोनस साधारणसभाले पारित गरेको हो ।

सभाले चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँको १४ प्रतिशत बराबरको ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बोनस गर्ने निर्णय गरेको हो । बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुगेको छ । बैंकले बोनसअघि कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर विक्री गरिरहेको छ । हकप्रदलाई पूँजीकरण गर्दा बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।

फागुन मसान्तसम्म बैंकले ८७ अर्ब ५७ करोड रुपैयाँ कुल निक्षेप संकलन गरि ७९ अर्ब २९ करोड रुपैयाँ कर्जा विस्तारबाट एक अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले ३ एक्स्टेन्सन् काउन्टर सहित १०० वटा शाखा कार्यालय, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ एटीएम र ६८७ पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

२०७४ चैत ५ गते प्रकाशित

वि.सं.२०७४ चैत ५ सोमवार १८:१७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...