back
NMB ad

इयुको प्रतिवेदन तत्काल सच्याउन प्रधानमन्त्री ओलीको चेतावनी

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध,संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी दिनुभएको छ ।

राष्ट्यि निर्वाचन पर्यवेक्षण समिति –नियोक)ले प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले इयूले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह गर्नुभएको छ ।

‘इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन जिद्धी गरे जस्तो छ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘म फेरी आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्बिचार गर्नुहोस ।’ प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पठाएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताउनुभएको छ ।

नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगर्न प्रधानमन्त्री ओलीले सम्झाउनु भएको छ । ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १÷२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्क्छन् ?’

प्रधानमन्त्री ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुन्छ मानसिकता त्याग्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । ‘नेपालमा मतदाता सचेत छन् । ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखांउदै मतदान गरे’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘केही मत बदर भयो । तर मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान हो । ’

निर्वाचन आयोगलाई शसक्तिकरण गर्न आवश्यक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोगको विश्वशनीयता बढाउन निष्पक्ष भूमिकामा पनि जोड दिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

२०७४ चैत ११ गते प्रकाशित

वि.सं.२०७४ चैत ११ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...