back
NMB ad

मुद्दती निक्षेपमा लगानी गर्न यस्ता छन् राष्ट्र बैङ्कका मापदण्ड

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी बैशाख २ गतेदेखी एक वर्षको लागि ३ अर्ब ६७ करोड २६ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमार्फत लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले आगामी बैशाख २ गतेदेखि २०७६ वैशाख १ गतेसम्म उक्त रकम जम्मा गर्ने छ । जसका बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरेको छ ।

रकम जम्मा गर्नको लागि राष्ट्र बैङ्कले विभिन्न मापदण्ड तोकेको छ । निक्षेपका लागि योग्य हुन कम्पनी सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको वित्तिय संस्था हुनुपर्ने छ ।

यस्तै निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत भएको हुनुपर्ने, स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको हुनुपर्नेछ ।

त्यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तिय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम वाणिज्य बैंकहरुमा २ अर्ब ९३ करोड ८१ लाख, विकास बैंकहरुमा ५५ करोड ९ लाख तथा फाइनान्स कम्पनीहरुमा १८ करोड ३६ लाख लगानी गर्ने भएको हो । यसले तरलता संकटमा रहेका बैंकहरुलाई केही राहात मिल्ने भएकोे छ ।

निक्षेप लिन चाहाने बैंकहरुले आवश्यक मापदण्ड पुरा गरेको भएमा आफुले लिन चाहेको रकम र प्रस्तावित व्याजदरसहित चैत्र १५ गते विहीबार दिउसो ३ बजेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

२०७४ चैत १४ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १४ बुधवार ०९:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...