back
NMB ad

कुनै पनि बहानामा द्वन्द्वमा जानहुन्नः राष्ट्रपति भण्डारी

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताएकी छिन । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको बताइन । निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गर्दै सम्बोधन गर्न पाउदा आफूलाई हर्ष र गौरव लागेको बताइन ।

भण्डारीले अबको नेपाल कुनैपनि किसिमको शोषण र दमनबाट मुक्त हुनुपर्ने बताइएकी छिन । त्यस्तै उनले आम जनताले निर्वाचनमा जनाएको सहभागिता र उत्साहले सम्मृद्ध नेपाल बनाउने अभिभारा थपिदिएको भन्दै नेपालमा असाधारण सम्भावनाको ढोका खुलेको बताइन् । ‘विकासको फलमा सवैको समान पहुँच, श्रोत साधनको सदुपयोग गर्दै एकताबद्ध भएर अघि बढौं’, राष्ट्रपतिले सम्बोधनका क्रममा भनिन् ।

निर्वाचनपछि आज दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकी हुन् । बैठक शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गरेका थिए । संसद बैठकस्थल अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउँदा प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले स्वागत गरेका थिए । नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

२०७४ चैत १५ गते प्रकाशित

वि.सं.२०७४ चैत १५ बिहीवार १७:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...