back
NMB ad

आशा लघुवित्तको सेयर छ ? पढ्नुहोस यो जानकारी

Kumari bank ad

नुवाकोट । नुवाकोटको ककनीमा केन्द्रिय कार्यालय रहेको आशा लघुवित्तले ७ करोड रुपैँयाको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ११ बराबर १ को अनुपातमा ७ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो ।

लघुवित्तको केन्द्रीय कार्यालय ककनीमा शनिबार सम्पन्न विशेष साधारणसभाले चुक्ता पूँजी ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको हो । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ पुग्नेछ ।

विशेष साधारण सभाले हाल कायम रहेको १० करोड रुपैयाँ अधिकृत तथा जारी पूँजीलाई वृद्धि गरी २० करोड रुपैयाँ पुर्याउने निर्णय समेत गरेको छ । फागुन मसान्तसम्ममा संस्थाको २८ हजार ५३५ ग्राहक सदस्य पुगेको छ ।

२३ जिल्लामा ३६ वटा शाखा कार्यालयहरु रहेको कम्पनीले एक अर्ब एक करोड ४६ लाख ३१ हजार रुपैयाँ कर्जा लगानी तथा १८ करोड दुई लाख ९५ हजार रुपैयाँ बचत संकलन गरेको छ ।

२०७४ चैत १९ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १९ सोमवार ०९:५४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...