back
NMB ad

स्कटल्याण्डको संसदमा नेपाली वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’

Kumari bank ad

काठमाडौँ । बहुचर्चित बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) स्कटल्याण्डको संसदमा प्रदर्शन हुने भएको छ । महाभूकम्पको तेस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर आगामी बैशाख ११ गते स्कटल्याण्डको संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन गर्न लागिएको हो । बैशाख ११ गते साँझ ६ बजेका लागि तय भएको प्रदर्शनमा स्कटल्याण्डका उपप्रधानमन्त्री जोन स्वीनी (John Swinney) प्रमुख अतिथि हुनेछन् ।

स्कटल्याण्डको संसदमा नेपाली वृत्तचित्र फिल्म प्रदर्शन हुन लागेको इतिहासमै यो पहिलो हो । युके नेपाल फ्रेण्डशिप सोसाइटीका कार्यकारी निर्देशन आलन मार्सेल सान्का(Alan Mercel-Sanca) र लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्ब (Stephen Gethins) को पहलमा स्कटल्याण्डको संसदमा प्रदर्शन हुन लागेको ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे ९न्बलभकज एबलमबथ०ले जानकारी दिए ।

‘स्कटल्याण्डको संसदमा भाग्यले बाँचेकाहरु प्रदर्शन हुनु हामी सम्पूर्ण नेपालीका लागि गर्व हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको ब्राण्डिङ गर्ने मैले विश्वास लिएको छु ।’– उनले भने । गत बर्षको बैशाख ११ गते पनि इतिहासमै पहिलोपटक बेलायतको संसदमा भाग्यले बाँचेकाहरु प्रर्दशन भएको थियो । ‘यसपटक बेलायतकै स्कटल्याण्ड राज्यको संसदमा प्रदर्शन गर्ने मौका पाउनुलाई मैले उपलब्धिका रुपमा लिएको छु,’ निर्देशक पाण्डेले भने, ‘यसलाई मैले नेपाल र नेपालीप्रति बेलायतको गहिरो प्रेमको रुपमा बुझेको छु ।’

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा बाँच्न सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले १५७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ । यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको छ ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो ।

२०७४ चैत २० गते प्रकाशित

वि.सं.२०७४ चैत २० मंगलवार १३:२२ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...