back
NMB ad

सुत्केरीपछि तौल कम गर्न के गर्ने

Kumari bank ad

गर्भावस्थाका वेला महिलाको शरीरमा कैयौँ परिवर्तन आउँछन् । बच्चा जन्माएपछि आमाको पाचन प्रक्रियामा समेत प्रभाव पर्न जान्छ । महिलाले गर्भावस्थादेखि डेलिभरीको समयसम्म विभिन्न समस्याको सिकार बन्नुपर्ने हुन्छ । प्रेग्नेन्सी र डेलिभरीपछि प्रायः महिला मोटाउने गर्छन् । त्यसैले डेलिभरीपछि तौल कम गर्न निकै गाह्रो हुन सक्छ । उसो त आमाले बच्चाको स्याहारसँगै व्यायामका लागि समय दिन पनि सकिरहेका हुँदैनन् । त्यसैले आफ्नो तौल मेन्टेन गर्न यस्ता गतिविधि गर्दा लाभदायक हुन्छ :

डेली प्लान
डेलिभरीपछि महिलाको जिम्मेवारी बढ्दै जान्छ । बच्चाको स्याहारसँगै घरको काम पनि गर्नुपर्ने भएकाले फुर्सद निकाल्न धौधौ पर्न सक्छ । त्यसैले आमाले आफ्नो लागि डेली रुटिन बनाउन जरुरी हुन्छ । बिहान उठेपछि बेलुकी नसुत्दासम्मको एक्टिभिटीलाई डेली रुटिनमा राखेर काम गर्दा आमालाई सहज हुन्छ । यस्तो रुटिन बनाउँदा डाइट र एक्सरसाइजका लागि पनि विशेष समय छुट्याउन आवश्यक हुन्छ ।
ब्रिस्क वाकिङ
प्रेग्नेन्सी र डेलिभरीपछि हेभी एक्सरसाइज गर्नु हुँदैन । त्यसैले वाकबाट एक्सरसाइजको सुरुवात गर्नुपर्छ । यस्तो एक्सरसाइज एकदेखि तीन हप्तासम्म गर्न सक्नुहुन्छ । छिटो हिँड्नु स्वास्थ्यका लागि निकै ठूलो एक्सरसाइज हो । यसो गर्दा सुरक्षित हुनुका साथै थाकेको मसल्सलाई वार्मअप गर्न सहयोग पुर्याउँछ। यस्तो वेला तपाईं त्यति बलियो हुनुहुन्न, ताकि दौडन सक्नुहोस् । जसकारण ब्रिस्क वाकिङ गर्दा राम्रो हुन्छ ।

क्यालोरीमा ध्यान
प्रायः महिलाले गर्भावस्थाका क्रममा दुई गुणाभन्दा बढी खाने गर्छन् । मानिसलाई लाग्छ कि प्रेग्नेन्सीका वेला दुईजनाका लागि खानुपर्छ । जुन गलत हो । यत्ति हो कि यस्तो वेला शरीरलाई अलि बढी क्यालोरीको आवश्यकता हुन्छ । बे्रस्ट फिडिङ गराउनका लागि पौस्टिक आहारको जरुरी हुन्छ । त्यसैले सन्तुलित डाइटका माध्यमले पनि तपाईंले आफ्नो तौल कम गर्न सक्नुहुन्छ । यस्तो समय जे खानुस् तर स्वस्थ खानुस् । र, जंकफुडबाट टाढै रहनुस् । मोनो र पोलिसेचुरेटेड फ्याट शरीरका लागि निकै राम्रो हुन्छ । एभोकाडो, कनोला आयल, ओलिभ आयल, साल्मन आदि फ्याटको प्रयोग गर्न सकिन्छ ।

स्तनपान गराउनुस्
स्तनपान नवजात शिशुका लागि सबैभन्दा प्रभावकारी पौष्टिक आहार हो । त्यति मात्र होइन, स्तनपानले आमाको स्वास्थ्यलाई पनि निकै फाइदा पु¥याइरहेको हुन्छ । प्रेग्नेन्सीका क्रममा र डेलिभरीपछि महिलामा फ्याट र कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ । त्यसैले नियमित स्तनपान गराउँदा शरीरको मेटाबोलिजम पहिलेकै अवस्थामा आउन सहयोग मिल्छ र फ्याटको मात्रा पनि कम हुँदै जान्छ ।

तातो पानी खानुस्
डेलिभरी भएका महिलाले आफ्नो डेली रुटिनमा तातो पानी पिउने समय पनि राख्न जरुरी हुन्छ । तातो पानी पिउँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले हाम्रो शरीरको तापक्रम र मेटाबोलिज्मको मात्रालाई पनि बढाउने काम गर्छ । जसका कारण बढीभन्दा बढी क्यालोरी जलेर जाने गर्छ । त्यसैले सधैँ सादा नभई तातो पानी पिउन जरुरी हुन्छ ।

योग गर्नुस्
प्राणायामजस्ता योगासनले छोटो समयमा तौल कम गर्न सहयोग पु¥याउँछ । त्यसैले योग कक्षामा सहभागी हुनुस् र सामान्य योगबाट सुरु गर्नुस् । जसले तपाईंको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ । सेतु आसनजस्ता योगले छोटो समयमा फ्याट कम हुन्छ । स्पट जगिङजो बच्चालाई छाडेर बाहिर जान सक्दैनन्, उनीहरूले घरमा एकै ठाउँमा बसेर पनि एक्सरसाइज गर्न सक्छन् । त्यसका लागि जगिङको सहारा लिन सकिन्छ । तपाईं एकै ठाउँबाट उभिएर दौडने पोजिसनमा रहेर स्पट रनिङ गर्न सक्नुहुन्छ ।

स्विमिङ गर्नुस्
डेलिभरीपछि स्विमिङ पुलमा तैरिँदा तपाईंलाई निकै आनन्द लाग्न सक्छ । यसले तपाईंको तौल घटाउन पनि सहयोग पु¥याउँछ । यसो गर्दा मंसपेशीमा निकै प्रभाव पार्छ र तौल कम गर्न सहयोग पुग्छ । तर, सिजेरियन डेलिभरी गरेका महिलाले भने स्विमिङ गर्नुअघि डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।

नयाँ पत्रिकाबाट
२०७४ चैत २२ गते प्रकाशित

वि.सं.२०७४ चैत २२ बिहीवार ११:१८ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...