back
NMB ad

साताको पहिलो दिन नेप्से परिसुचक ४४ अंकले बढ्यो

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४४ अंकले बढेर एक हजार दुई सय ९४ विन्दुमा पुगेको छ । तीन दिन अघि नेप्से ११९९ विन्दुमा थियो । बजारमा आइतबार मात्रै ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एशियाको ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्डलगायतका नयाँ सामुहिक लगानी कोष सहित पुराना कोष र संस्थागत लगानीकर्ताहरुले सेयर किनेपछि पनि बजारमा कारोबार रकम बढेको बजार स्रोतको दाबी छ ।

केही ब्रोकरहरु भने बजारमा व्यक्तिगत लगानीकर्ताबाटै सेयर खरिददारी बढेको बताउछन् । तीन दिनयता कारोबार रकममा पनि वृद्धि देखिदै आएको छ ।

बजारले १२८० मा टेवा पाउनु पर्नेभएपनि यसो नभएर ११६८ सम्म पुगेकोले बाउन्स ब्याक सहितको वृद्धि भएको केही बजार विश्लेषकहरु बताउछन् । बजारले दोस्रो चक्रको उच्च विन्दु ११७५ मा दरिलो टेवा पाएको अन्य विश्लेषकहरुको तर्क छ । सेयर बजारमा यसअघि पनि छोटो छोटो बाउन्स देखिदै आएकोले अझै स्पष्ट दिशा नदेखिएको उनीहरुको तर्क छ ।

बढ्दो क्रममा नेप्से रहदा कतिपय सेयरमा लगानीकर्ताको तीन दिनमै १५ प्रतिशतसम्म वृद्धि भएको छ । आइतबार नै सूर्योदय लघुवित्त, माहुली सामुदायिक, मिथिला लघुवित्त लगायतको सेयर मूल्य एकै दिन १० प्रतिशतसम्म बढेको छ ।

बजारमा बैंक तथा वित्तीय संस्थामा एक सातामै १२ अर्ब रुपैयाँ भित्रिएको, अर्थमन्त्रालय र लगानीकर्ताबीच भएको छलफलको प्रभाव परेको र सुधारका काममा अर्थमन्त्रालय सकारात्मक रहेको खबरहरु फैलिएकोले बजार पुनः वृद्धिको बाटोमा देखिएको छ । बीमा र लघुवित्त समूहको परिसूचक ६ प्रतिशतसम्म वृद्धि भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेका छन् । १४ कम्पनीको मात्रै सेयर मूल्य घटेर कारोबार भएको छ ।

२०७४ चैत २५ गते प्रकशित

वि.सं.२०७४ चैत २५ आइतवार १६:१० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...