back
NMB ad

एभरेष्ट इन्सुरेन्सको १० प्रतिशत बोनसमा मूल्य समायोजन, हेर्नुहोस् कतिमा खुल्यो कारोबार

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता १३ सय १४ रुपैयाँ कायम भएको छ । सोमबार बजार खुल्दा एभरेष्टको सेयर कारोबार १३ सय १४ रुपैयाँलाई नै आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने १३ सय ५२ रुपैयाँ ८२ पैसा छ । एभरेष्ट इन्सुरेन्सले वैशाख १० मा हुने साधारण सभाको लागि सोमबारदेखि नै बुक क्लोज गरेको छ ।

एभरेष्टले १० प्रतिशत बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीमा १०५ प्रतिशत संस्थापक हकप्रद जारी गर्ने भएको हो । यसपछि कायम पुँजीमा फेरि अर्को ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३०० प्रतिशत हकप्रद जारी हुनेछ । यसरी बोनस र हकप्रदपछि यस इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउनेछ ।

सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । कम्पनीले ६ लाख ३९ हजार ४७४ रुपयाँ नगद लाभांश दिने प्रस्ताव लैजानेछ । कम्पनीले संस्थापक हिस्सा ५१ प्रतिशत बनाउन पहिला १०५ प्रतिशत संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २६ सोमवार १३:२४ मा प्रकाशित

You can share this post!

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...