back
NMB ad

नेपाल लाइफले सेयरधनीलाई दिदैंछ बम्पर लाभ, आजै हुँदैछ घोषणा

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको अठारौं वार्षिक साधारण सभा आज चैत २८ गते हुँदैछ । सभामा नेपाल लाइफले ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद गरी ७०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनस वितरण र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।

हाल कायम संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामित्व संरचनालाई परिर्वतन गर्ने अर्को प्रस्ताव पनि लैजाँदैछ । जस अनुसार संस्थापक शेयरधनीको १० प्रतिशत हिस्सा सेयर साधारण सेयरमा परिणत गरिनेछ । हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत र साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्ने प्रस्ताव साधारण सभामा लगिनेछ ।

साधारण सभा गर्न नेपाल लाइफले चैत १४ गतेदेखि बुधबारसम्म बुक क्लोज गरेको छ । चैत १३ गतेसम्म कायम सेयरधनीले बोनस र नगद लाभांश पाउनेछन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय २५ रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो कम्पनीले त्रैमासमा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा रहेको नेपाल लाइफको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ ।

२०७४ चैत् २८ गते प्रकाशित

वि.सं.२०७४ चैत २८ बुधवार ०९:५४ मा प्रकाशित

You can share this post!

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...