back
NMB ad

७०.५३ प्रतिशत लाभांश वितरण गर्दै नेपाल लाइफको अठारौं साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ७०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौ बार्षिक साधारणसभाले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।

साथै कम्पनीले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्वको संरचनालाई परिर्वतन गर्ने भएको छ । जसका लागि कम्पनीले १० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

अहिले कम्पनीमा संस्थापकको ७० तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब कम्पनीमा संस्थापकको ६० तथा साधारणको ४० प्रतिशत सेयर स्वामित्व कायम गरिनेछ ।

इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । जसको प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

२०७४ चैत २८ गते प्रकाशित

वि.सं.२०७४ चैत २८ बुधवार २०:०६ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...