back
NMB ad

दुई हाइड्रोले पाए आइपिओ निष्कासनको अनुमती, प्रभावितले मात्र ५ करोड ७१ लाखको सेयर किन्न पाउने

Kumari bank ad

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र शुभम पावर लिमिटेडले धितोपत्र बोर्डबाट आइपीओ निष्कासन गर्ने अनुमति पाएका छन् । यी दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्न लागेका हुन् । जोशीले ३ करोड ७१ लाख ४० हजार रुपैयाँको ३ लाख ७१ हजार ४०० कित्ता आइपीओ निष्कासन गर्नेछ ।

यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । स्थानीय सहित सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गर्ने सम्भावनालाई आधारमान्दा कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि ७ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ४२ हजार ८ सय कित्ता सेयर जारी हुन सक्ने सम्भावना रहेको छ ।

यता, शुभमले पनि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर निष्कासन गर्नेछ । यसको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल लिमिटेड रहनेछ । स्थानीबासीलाई सेयर बिक्री गरेपछि कम्पनीले सर्वसाधारणलाई चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

शुभम पावर लिमिटेडको संखुवासभामा एक मेगावाटको हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले आइपीओ संखुवासभाका आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्न लागेको हो ।

२०७४ चैत २९ गते प्रकाशित

वि.सं.२०७४ चैत २९ बिहीवार ११:२३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...