back
NMB ad

चर्को शुल्कवृद्धिको विरोधमा शिक्षा विभाग घेराउ

Kumari bank ad

भक्तपुर । निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका थिए । त्यसक्रममा केहीबेर घम्साघम्सीसमेत भएको थियोे ।

प्रदर्शनमा अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौला, नेविसंघ उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र नेक्राविसंका अध्यक्ष निरज लवजुसहित विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले अविलम्ब शुल्क नघटाए शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । शिक्षा विभाग आफैले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयनमा जोड दिएका थिए ।

शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुले आगामी १४ गते देशभरका स्थानीय तहको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

२०७५ बैशाख १२ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १२ बुधवार ११:४८ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...