back
NMB ad

२० प्रतिशत नगद लाभांश पारित गर्न बुटवल पावरले बोलायो साधारणसभा

Kumari bank ad

काठमाडौं । बुटवल पावर कम्पनीको २५ औं वार्षिक साधारण सभा जेठ ८ गते हुने भएको छ । बुटवल पावरले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा पेश गर्दैछ । हालै बिक्री गरिएको एफपीओपछि कायम हुने पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको हो । एफपीओ भर्ने लगानीकर्ताले पनि लाभांश पाउनेछन् ।

आर्थिक वर्ष २०७३–७४ को वित्तीय विवरण र सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा गर्नका लागि कम्पनीले वैशाख २७ देखि जेठ ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश सुरक्षित गर्न सुक्नेछन् ।

बुटवल पावरले माघ १५ गतेदेखि १९ गतेसम्म २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो । त्यसअघि बुटवल पावरले ३ चिनियाँ कम्पनीसँगको संयुक्त लगानीमा ‘एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी’ स्थापना गरेको थियो । नेपालमा जलविद्युत विकास गर्ने उद्देश्यले १ अर्ब ९० करोड रुपैयाँ पुँजीको यो कम्पनी स्थापना भएको बुटवल पावरले जनाएको छ ।

२०७५ बैशाख १३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १३ बिहीवार १०:४३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...