back
NMB ad

बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेन

Kumari bank ad

बैतडी । मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने भएपनि हालसम्म वितरण नभएको हो । चौमासिकरुपमा वितरण गर्दै आइएको सुरक्षा भत्ता चालू आर्थिक शुरु भएदेखि हालसम्म नपाउँदा अपांगता भएका व्यक्ति, एकल महिला तथा वृद्धवृद्धालाई निकै समस्या भएको छ । १० महिना भइसक्दासमेत दोगडाकेदार गाउँपालिकाले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा तीन हजार ६०० बढी लाभग्राही निराश बनेका हुन् ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा आफूहरुलाई निकै दुःख लागेको दोगडाकेदार गाउँपालिका–६ का हरिसिंह ऐरीले बताएब । सामाजिक सुरक्षाभत्ताबाटै गुजारा गर्दै आएको हुँ, उनले भने “क’ वर्गको शारीरिक अपांगता भएको हुँ, मैले १० महिनासम्म सामाजिक सुरक्षाभत्ता नपाउँदा निकै समस्या भएको छ ।”

संघीय संरचनाअनुसार देशमा स्थानीय तह भइसकेपछि जनताले सबै सेवा सुविधा गाउँघरमै समयमा पाउँछौँ भन्ने आशा राखेका नागरिक सामाजिक सुरक्षा भत्तासमेत समयमा नपाउँदा निरास भएका छन् । जनप्रतिनिधि आइसकेपछि सबै सेवासुविधा छिटो, छरितो पाउने आशामा रहेका नागरिकमा निराशा छाएको छ ।

सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक समयमै अद्यावधिक गर्न नसक्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षाभत्ता पाउने तथ्यांक अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले जानकारी दिए । गाउँपालिकाले लाभग्राहीको सही विवरण स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाइसकेको उनले बताए ।

अर्थ मन्त्रालयबाट रकम स्वीकृत भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट स्वीकृत हुने प्रक्रियामा रहेको केही दिनभित्रै सामाजिक सुरक्षा भत्ता वितरण हुने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । मन्त्रालयले एक दुई दिनमै गाउँपालिकाको खातामा रकम हाल्ने खबर आएको उनले बताए ।

दोगडाकेदारमा एक चौमासिकका लागि रु एक करोड ८५ लाख रकम आवश्यक पर्ने भएपनि हालसम्म दुई चौमासिक भन्दा बढी भइसक्दासमेत रु एक करोड पाँच लाख मात्रै मन्त्रालयले पठाएको गाउँपालिका अध्यक्ष कार्कीले बताए । उनले भने “अपुग रकम मन्त्रालयले पठाएपछि मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।” दोगडाकेदार गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने तीन हजार ६८४ नागरिक रहेका छन् ।

२०७५ बैशाख १४ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १४ शुक्रवार ०९:५१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...