back
NMB ad

‘सस्तोमा बेच्ने र महँगोमा किन्ने अवस्थाको अन्त्य गर्छौं’ : मन्त्री यादव

Kumari bank ad

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ०४६ सालदेखि यता मुलुकका राष्ट्रिय उद्योगहरु उदारीकरण र निजीकरणको नाममा बेचेर खाएको आरोप लगाएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा अग्निज्वाला मिडिया मासिक पत्रिका÷अनलाईन पत्रिका र टिभीको ९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले राष्ट्रिय उद्योगहरु कमिशन खाएर बेच्ने काम भएको आरोप लगाएका हुन् ।

उक्त पत्रिकाका प्रकाशक तथा प्रधान–सम्पादक टंकप्रसाद देवकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा उनले उद्योगहरु सञ्चालन गर्नेबारे आफूले विशेष पहलकदमी लिएको बताउँदै गोरखामा रहेको गोखरकाली टायर उद्योग पूनः कसरी सञ्चालन गर्न सकिन्छ भनेर रिपोर्ट लिनको लागि विज्ञहरु पठाउँदा उनीहरुले सञ्चालन गर्न सकिँदैन भनेर रिपोर्ट दिएको गुनासो पोखे ।  उनले थपे,‘म चाहीँ कसरी उद्योग सञ्चालन गर्न सकिन्छ भनेर विज्ञहरु पठाएँ, तर उनीहरुले सञ्चालन नै गर्न सकिँदैन भनेर रिपोर्ट पेश गरे, किनकी बेचेर खान सजिलो छ, अब हामी त्यो टिमलाई विशेष क्लास दिन्छौं।’

मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै नेताले भ्रष्टाचार गर्नेलाई जेल हालेरै छोड्ने सार्वजनिक अभिव्यक्ति दिएकोले सरकारले कुनैपनि किसिमको भ्रष्टाचार नसहने उद्धघोष गरे । उनले मुलुकमा अब कुनै पनि प्रकारको सिण्डिकेट नहरने समेत स्पष्ट पारे । उनले भने,‘सरकारले कुनै पनि किसिमको सिण्डिकेट अब बरदास्त गर्दैन्।’ यद्धपी उनले सरकारले अहिलेसम्म भन्ने मात्रै काम गरेको भनेर आफूहरुलाई आरोप लागेको बताए । उनले थपे,‘जादुको छडी त होईन, विस्तारै काम गर्छौं, परिणाम दिन्छौं।’
एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले चुनावमा जनतासँग स्थायी सरकार दिन्छौं, एकताबद्ध राष्ट्र बनाउँछौं, सुशासन दिन्छौं र आर्थिक समृद्धि दिन्छौं भनेर वाचा गरेको स्मरण गर्दै ती वाचाहरु आफूहरुले पूरा गर्ने मन्त्री यादवको विश्वास छ । उनले भने,‘आर्थिक विकास र समृद्धि हाँसिल गर्नको लागि पनि उत्पादन बढाउनुपर्छ।’उत्पादन नहुँदा देशमा अहिले सस्तोमा बेच्ने र महँगोमा किन्ने काम भैरहेकोप्रति यादवले गुनासो पोखे । उनले भने,‘हामी परनिर्भरतामा छौं, जो सँग व्यापार गरिएको छ, ती सबै देशसँग नेपालले घाटा व्यहारेको छ, धेरै व्यापार गर्नेहरुसँग धेरै व्यापार घाटा छ, थोरै गर्नेहरुसँग थोरै घाटा छ, तर जो सँग ती सबैसँग घाटा नै छ।’ देशमा भएको श्रमशक्ति बेचिरहेको उनले सुनाए ।

विचार तथा धारणा बनाउनको लागि मिडिया सशक्त माध्याम भएको बताउँदै मिडियाले सन्तुलित भएर समाचार दिनुपर्नेमा मन्त्री यादवको जोड थियो । उनले थपे,‘हेडलाईन दिन्छ एउटा भित्र कन्टेन्ट हुन्छ अर्को, यसरी भ्रम पार्ने काम नहोस्।’

उनले मिडियाले देश र जनतालाई सुसुचित तुल्याउन निरन्तर भूमिका निर्वाह गरेकोले आगामी दिनमापनि यस्तै खाले सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे । ‘विकासप्रति मिडिया सचेत छन्, तर कतिपय मिडियाका न्यूजमा आफ्नो भ्युज दिने गरिएको छ’ यादवले थपे,‘न्यूज भनेको त फ्याक्ट हो नि, यसमा भ्युज दिनु भनेको अपराध हो, यस्तो मिडियाप्रति भने प्रश्न उठ्दो रैछ ।’

२०७५ बैशाख १६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १६ आइतवार १८:०९ मा प्रकाशित

You can share this post!

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...