back
NMB ad

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा हुने

Kumari bank ad

रसुवा । लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिँदैछ । लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्वसामु प्रवाह गर्ने उद्देश्यले म्याराथन दौड आयोजना गर्न लागिएको टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताए ।

लाङ्टाङ क्षेत्रमा दोस्रो पटक हुने म्याराथन दौडमा १०० भन्दा बढी धावक सहभागी हुनेछन् । विगत वर्षमा भने गोसाइँकुण्डबाट धुञ्चेसम्म दौड आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले जानकारी दिए ।

२०७५ बैशाख १८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १८ मंगलवार १५:१९ मा प्रकाशित

You can share this post!

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...