back
NMB ad

नागढुङ्गा नौबिसे सुरुङमार्गको जग्गा अधिग्रहणको काम अघि बढ्यो,बैशाखवाट काम सुरु हुने

Kumari bank ad

काठमाडौं । नेपालमै पहिलो निर्माण गर्न लागिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको टेण्डर बैशाखभित्रै आव्हान हुने भएको छ । सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखाले वैशाख अन्तिम सातासम्म ग्लोवल टेण्डर निकाल्ने गरी काम गरिरहेको महाशाखा प्रमुख संजयकुमार श्रेष्ठले जानकारी दिनुभयो।

महाशाखा प्रमुख श्रेष्ठका अनुसार अहिले जापानी सहयोग नियोग(जाइका)को सहयोगमा तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)माथि छलफल भैरहेको छ। केही दिनभित्र उक्त जापानीज कन्सल्ट्यान्ट निप्पन इन्जिनियरिङले तयार पारेको डिपिआर माथि छलफल सकेर टेण्डर प्रक्रियामा जाने गरी काम भैरहेको उनले बताउनुभयो ।

‘हामी डिपिआर तयार भएपछि त्यसमा अरु टेक्निकल डिस्कसनहरु हुन्छन्। आयोजनाको स्टिमेट, स्याटिसफ्याक्सन रिपोर्ट, वातावरणीय प्रभाव मुल्याङ्कन जस्ता कामहरु पनि गर्नुपर्ने हुन्छ,त्यसको फाइनल चरणमा छौं, केही दिनभित्रै सकेर टेण्डर निकाल्ने प्रक्रियामा जान्छौ’उहाँले भन्नुभयो। ढिलोमा पनि वैशाख अन्तिम सातासम्म टेण्डर भैसक्ने उहाँको दाबी छ। टेण्डरमा आवेदन दिनेहरुको सर्टलिस्टिङ गरेर उत्कृष्ट कम्पनी छानेर कन्स्ट्रक्सनको काम अघि बढाउने महाशाखाले जनाएको छ।

त्यसैगरी जग्गा अधिग्रहण प्रक्रिया पनि अघि बढाएको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। महाशाखाका अनुसार गत कार्तिकमा आयोजनाका लागि आवश्यक पर्ने जग्गाको अधिग्रहणका लागि सुचना प्रकाशित भैसकेको छ। थानकोटबाट पूर्वीद्धार बस्नेतछापसम्म पुग्ने पहुँचमार्गका लागि आवश्यक पर्ने थानकोट,बलम्वु,महादेवस्थान,दहचोक लगायतका स्थानको जग्गा अधिग्रहण गर्न लागिएको हो। जापान सरकारको सहुलिय ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङमार्गको डिपिआर पनि जापानकै सहयोगमा तयार पारिएको हो।जापानी निप्पन इन्जिनियरिङले नेपाली कन्सल्टयाण्टसंग मिलेर दुर्इ बर्ष लगाएर डिपिआर तयार पारेको हो।

सुरुङमार्ग नागढुङ्गा नौविसे सडकखण्ड अन्तर्गत थानकोट नजिकैको बस्नेतछापदेखि सिस्नेखोला २.७ किलोमिटरको हुनेछ। सुरुङमार्गको पूर्वीद्धार नागढुङगाको फेदीमा पर्ने बस्नेतछापमा ‘ह्विल माउथ’आकारको हुनेछ भने पश्चिमद्धार सिस्नेखोलामा रहनेछ। त्यसै गरी थानकोटदेखि बस्नेतछापसम्म २.६ किमी सुरुङमार्गको पूर्वीद्धार पुग्ने पहुँचमार्ग समेत निर्माण गरिने महाशाखाले जनाएको छ। पश्चिमद्धार धादिङको सिस्नेखोला तर्फ भने पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन।

सुरुङमार्गले नागढुङ्गाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किलोमिटर बाटो छोट्याउने छ भने यात्रुको ३० मिनेट समय बचत गर्ने छ। नागढुङ्गा राजधानी प्रवेश गर्ने मुख्य मार्ग हो। नागढुङ्गामा बढ्दो जामका बीच सडक विस्तार गर्ने ठाउँ नभएपछि सुरुङमार्ग बनाउन लागिएको हो। यो मार्ग हुँदै दैनिक रुपमा सानाठूला गरी करिव ८ हजार सवारीसाधन दैनिक रुपमा गुड्ने गर्दछन्। यसैगरी ठूला मालवाहक सवारीसाधनहरु पनि यहि मार्ग भएर राजधानी भित्रने गर्दछन्। बाटो साँघुरो भएका कारण घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यता छ। सुरुङमार्ग निर्माणपछि जामको समस्या हट्ने महाशाखाको अपेक्षा छ।

बिजमाण्डू

२०७५ बैशाख १८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १८ मंगलवार १४:५७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...